४२ अर्ब डलरका सम्पत्तिका मालिक अनिल अम्बानी १२ वर्षमा शून्यमा पुगे



‘१२ वर्षमा बगेको खोला फर्कन्छ’नेपाली उखान । १२ वर्ष अगाडि विश्वका छैटौ धनी व्यक्ति रहेका ४२ अर्ब अमेरिकी डलर सम्पत्तिका मालिक अनिल अम्बानी भने पूर्ण रुपमा टाट पल्टेका छन् ।

व्यवसाय गर्न चाहनेहरुको लागि व्यवसायिक सफलतका कथा धेरै हुन्छन् । जुन सफलता अनिलका दाई मुकेशले लेखे । तर,अनिल असफलता प्राप्त गर्ने विश्वका व्यवसायीमा चिनिएका छन् ।

कुनै बेला ४२ अर्ब अमेरिकी डलर बराबरको सम्पत्तिका मालिकका साथ अनिल अम्बानी विश्वको छैटौ धनी व्यक्ति थिए ।

तर,अहिले अनिल अम्बानीको परिचय फेरिएको छ । उनी विश्वमा सबैभन्दा असफल व्यवसायी हुन् । जसले बाबुको अशंमा पाएको सम्पत्ति जोगाउन सकेनन् र टाट पल्टिएका छन् ।

केही दिन अगाडि उनले अदालतमा आफ्नो सम्पत्ति शून्यमा आएको बताएका थिए । अर्थात ४२ अर्ब अमेरिकी डलरको सम्पत्तिको मालिक अब शून्यमा पुगेका छन् ।

उनले चीनको बैंकबाट लिएको ऋण तिर्न सकेका छैनन् । चिनियाँ बैंकहरू इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना लिमिटेड, मुम्बई शाखा, चाइना डेभलपमेन्ट बैंक र चीनको एक्जिम बैंकले अम्बानीलाई ६८० मिलियन अमेरिकी डलर ऋण दिएको थियो । अम्बानीले चिनियाँ बैंक बाहेक भारतका अन्य बैंकबाट लिएको समेत करौडौ डलरको ऋण तिर्न बाँकी छ । बेलायत अदालतले हरीश साल्वेको नेतृत्वमा अम्बानी कानुनी टोलीको अम्बानी शुन्यमा पुगेको तर्क गरेको थियो । उनीसँग एउटा गाडीमात्र बाँकी रहेको छ ।

बैंकको पक्षको कानून व्यवसायीले अम्बानीको ४.२ मिलियन डलरको कार बेचेको प्रश्न गरेको थियो । जुन उनले आफ्नी पत्नी टीना अंबानीलाई उपहार दिएका थिए । उनको दुई तल्लाको घर पनि मुम्बईको समुद्री पवन भवनको कफ पाएका थिए । अम्बानीले यो सम्पत्तिहरू कर्पोरेट निकायको स्वामित्वमा रहेको र त्यसमा व्यक्तिगत स्वामित्वको हिस्सा नरहेको बताएका थिए ।

“२०१२ मा अनिल अंबानीको लगानी ७ अर्ब डलर भन्दा बढी भएको भए पनि अहिले उनीहरुको ८९ मिलियन अमेरिकी डलर बराबरको स सम्पत्ति छ, उनको दायित्व यती धेरै बढी छ जुन तिर्दा उनी शून्यमा पुग्छन् । उनका ब्यारिस्टर रोबर्टलभने ।

अम्बानीको कानुनी टोलीले गरेको तर्क अनुसार २०१२ मा भारतको टेलिकम सेक्टरमा गिरावट आउँदा उनको कम्पनी र अनिल धीरूभाई अंबानी समूह (एडीएज०को शाख कमजोर भयो । सेयरधनीलाई समेत ठूलो नोक्सान भयो ।

अम्बानी अनुसार उनको निजी नोक्सान नै त्यो बेला ३०५ मिलियन अमेरिकी डलर भएको थियो । जसले उनलाई टाट पल्टाउन ठूलो भूमिका खेल्यो ।

अनिल अम्बानी र उनका दाई मुकेश अम्बानीबीच व्यवसायको बाँडफाँड उनीहरुका पिता धिरुभाई अम्बानीको निधनपछि भएको थियो । औद्योगिक क्षेत्रहरूमा फैलिएको बुबाको व्यवसायिक साम्राज्यको नियन्त्रण लिन र २००२ मा मर्ने क्रममा धेरै कम्पनीहरूको बीचको कलह झगडा भयो।

नयाँ युगको टेलिकम व्यवसायलगायत सबै भन्दा राम्रो र उत्तम सम्पत्ति साथै वित्तीय सेवा र ऊर्जा र इन्फ्रा अनिलले पाएका थिए । मुकेश अम्बानीले तेल र ग्यास, पेट्रो रसायन, रिफाइनिंग र निर्माण सम्पत्ति प्राप्त गरे।

दाई मुकेश एशियाको सबै भन्दा धनी बन्न पुगे तर कान्छो भाईले कसरी अर्ब डलरको साम्राज्य गुमाउने भन्ने विषय भने व्यवसायिक जगतमा अध्ययनको विषय नै बनेको छ ।

२००८ मा अनिल अम्बानीलाई फोर्ब्सले संसारको छैटौं धनी व्यक्तिको रुपमा सूचिकृत भएका थिए । जुन बेला उनको सम्पत्ति ४२ अर्ब डलर थियो । केवल १२ वर्षमा उनले सबै सम्पत्ति गुमाए ।


क्लिकमान्डु