के पाकिस्तानको सेयर बजारले गति लिएकै हो ? १४ हजार बिन्दुको वृद्धि



काठमाडौं । नेपाल जस्तै कोरोनाका कारण यतिबेला दक्षिण एशियाली मुलुक पाकिस्तान पनि चरम संकटमा परेको छ । नेपालमा भने कहिले लकडाउन, कहिले निषेधाज्ञा समेत जारी हुने गरेको छ ।

पास्कितानका प्रधानमन्त्री इमरान खानले स्वास्थ्य मापदण्ड अपनाएर व्यापार व्यवसाय गर्न तथा आवश्यक अन्य काम गर्न पाउने घोषणा केही दिन पहिले नै गरिसकेका छन् ।

पाकिस्तानमा कोरोना भाइरसका कारण जनजीवन तवाह भएपनि अर्थव्यवस्थालाई समस्यामा पार्न नदिन त्यहाँको सरकारले केही कदमहरु चालेको छ । पछिल्लो पटक पाकिस्तानी प्रधानमन्त्रीको पहललाई लिएर दक्षिण एशियाभर नै उनको प्रशंसा समेत भइरहेको छ ।

अन्तर्राष्ट्रिय समाचार च्यानल अलजजिराले लिएको पछिल्लो अन्तरवार्तामा समेत पाकिस्तानी प्रधानमन्त्रीले नागरिकको सुरक्षासँगै मुलुकको अर्थव्यवस्था समेत जोगाउनु जरुरी भएको बताएका छन् । उनले अर्थतन्त्र नै समस्यामा परे, स्वास्थ्य सुरक्षा समेत दिन नसक्ने बताएका थिए ।

प्रधानमन्त्री खानको उक्त घोषणा अधिक जनसंख्या भएको एक देशमध्येको पाकिस्तानको हितमा चालिएको कदमको रुपमा समेत लिने गरिएको छ ।

दक्षिण एशियामा भारतपछि पाकिस्तानकै जनसंख्या अधिक छ । सोही देशको अर्थतन्त्रमा कोरोनाले समस्या पारेको भएपनि पछिल्ला केही महिनायता भने सेयर बजारमा उच्च वृद्धि भएको छ । केही पाकिस्तानीहरुको भाषामा सेयर बजार ‘बल्ले बल्ले’ भएको छ ।

पाकिस्तानी स्टक एक्सचेञ्जको दक्षिण एशियामा नै सबैभन्दा राम्रो प्रदर्शन गरेको छ । उसलाई बेस्ट फरफर्मिङ मार्केटको समेत नाम दिइएको छ । जबकी अर्थतन्त्रमा भने केही समस्या र जटिलता देखिएको छ ।

अमेरिकाको एक शोध कम्पनी मार्केट करेन्ट वेल्थ नेटले संसारभरकै सेयर बजारको एक सर्वेक्षण गरेको छ । उक्त सर्वेक्षणको आधारमा पाकिस्तानको सेयर बजारले दक्षिण एशियामा नै सबैभन्दा राम्रो प्रदर्शन गरेको छ ।

उसले देखाएको सफलताको कथा अन्य दक्षिण एशियाली देशका लागि समेत अध्ययन गर्नुपर्ने विषय बन्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको समाचार विवरणमा उल्लेख छ ।

बिबिसीका लागि कराचीस्थित वरिष्ठ पत्रकार तनवीर मलिकको एक लामो आलेख तयार पारेका छन् । शुक्रबार बिबिसी हिन्दीमा प्रकाशित लामो आलेखमा पाकिस्तानी सेयर बजारको बारेमा जानकारी दिने प्रयास गरिएको छ ।

पाकिस्तानको सेयर बजारको कारोबारमा ३८ प्रतिशत बढीले वृद्धि भएको छ । एशियामा चीनको सेयर बजारले पनि राम्रो प्रदर्शन गरेको छ । उसको बजार २७ प्रतिशतले वृद्धि भएको छ ।

अमेरिकी एजेन्सीको समीक्षा रिपोर्ट अनुसार पाकिस्तान स्टक एक्सचेञ्जले आफ्नो आधिकारिक ट्वीटर अकाण्टमा उक्त जानकारी दिएको छ ।

त्यसमा लेखिउको छ, ‘देशको सेयर बजार २०२० मा एशियामा नै सबैभन्दा राम्रो प्रदर्शन गर्ने बजार तथा संसारभर नै चौथो सबैभन्दा राम्रो प्रदर्शन गर्ने बजारका रुपमा नाम लेखाएको छ । ’

एशियामा पाकिस्तानको सेयर बजारको सैभन्दा राम्रो प्रदर्शन भइरहेको छ । विभिन्न सूचकांमा समेत वृद्धि भएका कारणले गर्दा सेयर बजारमा लगानी गर्नेले उच्च अंकको प्रतिफल समेत पाएको बताएका छन् ।

सेयर बजारमा आएको उछाल तथा बल्ले बल्ले अवस्थाले यो प्रश्न समेत उठाइदिएको कि सेयर बजारमा सेयर खरिद तथा बिक्रीमा भएको वृद्धिले पाकिस्तानी अर्थव्यवस्था राम्रो हुँदै गएको संकेत दिएको हो ?

सरकारले सेयर बजारमा देखिएको वृद्धिले अर्थव्यवस्थामा राम्रो भएको वा एक महत्वपूर्ण आर्थिक संकेत देखा परेको बताउने गरेको छ । पाकिस्तान स्टक एक्सचेञ्जको ट्वीटका अनुसार सरकार अर्थव्यवस्थाको सुधारको बाटोमा लागेको छ । जसको महत्वपूर्ण संकेत नै सेयर बजारमा देखिएको वृद्धि हो ।

अर्थशास्त्रीहरुका अनुसार सेयर बजारले साह्रै सिमित मात्रामा मात्रै देशको आर्थिक अवस्थाको तस्वीर देखाउन सक्छ । दोस्रो तर्फ देशको सेयर बजारमा सानो भन्दा सानो लगानीका लागि पनि ठूला कम्पनीको सेयर सूचीकृत गरिदिएका छन् । तर,अरु आम र बाँकी हिस्साको तुलनामा सबैभन्दा कम हो ।

ध्यान दिनुपर्ने विषय यो छ कि पाकिस्तानको सेयर बजारमा यस्तो समयमा राम्रो अवस्था देखा पर्यो, जतिबेला पाकिस्तानको अर्थव्यवस्था कोरोना भाइरस सहित विभिन्न कारणले सबैभन्दा बढी समस्यामा परेको थियो ।

खराब अवस्थाका बाबजुद देशको कूल ग्राहस्थ उत्पादनमा गिरावट आएको थियो । अघिल्लो आर्थिक वर्ष पछिल्लो ७० वर्षको तुलनामा पहिलो पटक जिडिपी नकारात्मक हुन पुगेको थियो ।

जबकी नयाँ आर्थिक वर्षको पहिलो दोस्रो महिनामा निर्यातमा वृद्धि भएको छ । साथ साथै विदेशी मुद्रा भण्डारणमा समेत वृद्धि भएको छ । दोस्रो तर्फ पाकिस्तानमा ठूलो मात्रामा उत्पादनमूलक उद्योगमा भने हालसम्म दबाव नै परेको छ । यस्तै, कृषि क्षेत्रमा असाध्यै राम्रो वृद्धि देखिन सकेको छैन । पछिल्ला दिनमा आएको बाढी पहिरो तथा भारी वर्षाका कारण ठूलो नोक्सानी बढेको छ ।

पाकिस्तानको सेयर बजार दक्षिण एशियाकाको सबैभन्दा सर्वश्रेष्ठ बजार घोषित गर्नुको कारण मार्चदेखि अगस्ट अन्तिमसम्म भएको वृद्धि नै भएको बताइन्छ । कोरोना भाइरस तथा उसको नकारात्मक प्रभाव हराउँदै गएको छ । पाकिस्तान स्टक एक्सचेञ्जका अनुसार यस वर्षको मार्चदेखि हालसम्म शेयर कारोबारमा ३० प्रतिशत वृद्धिको रेकर्ड राखेको छ ।

सेयर बजारमा व्यापारको मापन गर्ने केएसई १०० इन्डेक्समा डलरको रुपमा लगानी गर्नेले ३८ प्रतिशत बढीले अधिक मुनाफा दिएको छ ।

याद रहोस् कि ५ महिनामा सेयर बजार सूचकांकमा १४ हजार अंक बढीले वृद्धि भएको छ । जब सरकारले मार्चमा कोरोना भाइरसकको नियन्त्रणका लागि लकडाउन लगाएको थियो, उक्त समयमा स्टक मार्केट इन्डेक्स २७ हजारमा रहेको थियो । हालसम्म उक्त इन्डेक्समा १४ हजारले वृद्धि भई ४० हजार माथि पुगेको छ ।

पाकिस्तान स्टक एक्सचेञ्जलाई ४ वर्ष पहिले पनि सन् २०१६ मा समेत एशियाको सबैभन्दा राम्रो सेयर बजार भएको सम्मान दिइएको थियो । जबकी, सन् २०१७ मा सबैभन्दा खराब प्रदर्शन गरेको थियो । त्यतिबेला सरकारले सेयर कारोबारमा करको दरमा वृद्धि गरिदिएको थियो । त्यतिबेला आन्तरिक तथा विदेशी लगानीकर्ताले आफ्नो लगानी फिर्ता लिएका थिए ।

यस पटक पाकिस्तान स्टक एक्सचेञ्जका पूर्व अध्यक्ष मुनीर कमालले बताएका छन् कि देशको समग्र अर्थव्यवस्थामा सेयर बजारलाई जोड्ने तर्फ ध्यान दिइदैन, प्रतिबन्ध लगाइन्छ वा मानिदैन तबसम्म अर्थव्यवस्थाको पूरा तस्विर देखिन सकिदैन ।

उनी भन्छन् ‘ जब बजार २८ हजारको बिन्दुबाट तल झरेको थियो । तब सेयर बजारमा लगानीकर्ता डुबीरहेका छन् भन्नु जरुरी थिएन । किनकी, त्यसबेला अर्थव्यवस्था समेत डुबिरहेको थियो । यसै तरिकाले अब बजार ४० हजार माथि गइरहेको बेला यो भन्नु जरुरी छैन कि अर्थतन्त्रमा सुधार भइरहेको छ । यो दावी नै सही हुन सक्दैन ।’

उनले भने ‘पछिल्ला दिनमा निर्यातमा वृद्धि भएको छ । जो अर्थतन्त्रका लागि राम्रो हो । यस्तै दोस्रो तर्फ सेयर बजारमा तिव्र गतिको वृद्धि भइरहेको छ । यो एक सकारात्मक अािर्थक संकेत हो । जबकी यस आधारमा अर्थतन्त्रमा पूर्ण सुधार भइरहेको छ भनेर कुरा गर्नु नै सही हुन सक्दैन ।’

सेयर बजारमा काम गर्ने एकेडी सेक्युरिटीजका प्रमुख कार्यकारी अधिकृत फरिद आलमले भनेका छन् कि ‘ सेयर बजारले अर्थतन्त्रको तस्विर पेश गर्छ त ? यो एक ऐतिहासिक प्रश्न हो ।’ उनका अनुसार त्यसमा हरेक सरकारले फाइदा उठाउन सक्छ । जक सेयर बजार माथि जान्छ, तब हरेक सरकारले त्यसको श्रेय आफूले लिन्छ र अर्थतन्त्रमा सुधार भएको बताउँछ ।

जब सेयर बजार ओरालो लाग्छ, तब सरकार आफै भन्छ कि यसले वास्तविक अर्थतन्त्रसँग यसको कुनै लेना देना नै छैन ।

अर्थशास्त्री सामय अलीका अनुसार सेयर बजारले अर्थतन्त्रमा सबैभन्दा खराब वा राम्रोको मापन वा वर्णन गरेको छैन ।

उनका अनुसार विषय यो कि यसको वृद्धि वा गिरावटले आन्तरिक तथा विदेशी लगानीकर्ताको विश्वास छ वा छैन भन्ने देखाउँछ । किनकी यसको मापनको तरिकाले नै बताएको छ कि त्यसले अर्थतन्त्रको वास्तविक अवस्था देखाइदिन्छ र उनीहरु सोही आधारमा लगानी गर्छन् ।

उनले भनेका छन् कि सेयर खरिद वा बिक्रीमा प्राप्त हुने लाभले लगानीकर्तालाई आकर्षण गर्न सक्छ । लगानीका लागि प्रेरित गर्न सक्छ । जो केवल लगानीका लागि मात्रै सिमित हुन सक्छ । जबकी यो अनुकूल हो वा होइन ,यसको उपयोग गरेर अर्थतन्त्रको अवस्था निर्धारण गर्न सकिन्छ ।

पाकिस्तानको सेयर बजारमा रहेको कूल ५५ अर्ब डलरको ७० प्रतिशत बढी स्वामित्व एकाध कम्पनीको मात्रै रहेको छ । बाँकी रहेको ३० प्रतिशत मात्रै खरिद बिक्री हुने गरेको छ

पाकिस्तानको सेयर बजारका गरिएको कूल लगानी करिब ५५ अर्ब डलर रहेको छ । त्यसको तुलनामा कूल ग्राहस्थ उत्पादन हाल २८० अर्ब डलर भन्दा बढी रहेको छ । जुन कूल ग्राहस्थ उत्पादनको तुलनामा २० देखि २५ प्रतिशत मात्रै हो ।

यसको तुलनामा संसारका विकसित देशको सेयर बजारमा गरिएको कूल लगानीको मात्रा कुल ग्राहस्थ उत्पादनको तुलनामा बढी हुने गरेको छ । कुनै देशको त यस्तो लगानीको मात्रा १०० प्रतिशत वा त्यो भन्दा बढी समेत रहेको छ ।

यस बारेमा आलम भन्छन् ‘ पाकिस्तानको सेयर बजारमा रहेको कूल ५५ अर्ब डलरको ७० प्रतिशत बढी स्वामित्व एकाध कम्पनीको मात्रै रहेको छ । बाँकी रहेको ३० प्रतिशत मात्रै खरिद बिक्री हुने गरेको छ ।’

उत्तः ३० प्रतिशतमा पनि ३० प्रतिशत विदेशी लगानकितौको साथमा रहेको छ । बाँकी बचे खुँचेकाको लगानी के कति रहेको छ सामान्य रुपमा नै अन्दाज गर्न सकिन्छ । त्यसकारण पाकिस्तानको सेयर बजारले अर्थतन्त्रको अवस्थाको बारेमा बताउन सक्दैन ।

मुनीर कमालका अनुसार पाकिस्तानको सेयर बजारमा आम लगानीकर्ताको उपस्थिती कम रहेको छ । आम लगानीकर्तालाई भन्नु र बुझाउनु जरुरी छ कि सेयर बजार पनि लगानीको एउटा माध्यम हो । जबकी आम मानिस सेयर बजारमा लगानी गर्न डराउँछन् । जसका कारण सेयर बजार विस्तार हुन सकेको छैन ।

पाकिस्तानको अर्थतन्त्रको प्रमुख स्रोत उद्योग तथा कृषि नै हो । उद्योग क्षेत्रका कम्पनी मध्ये मुस्किलले २० देखि २५ प्रतिशत मात्रै सेयर बजारमा सूचीकृत छन् । कृषि क्षेत्र सेयर बजारमा सूचीकृत हुनु र नहुनुमा खासै फरक छैन । यस्तै सेवा क्षेत्रमा रहेको थोक बजार समेत सेयर बजारमा छैन । यस्तो अवस्थामा सेयर बजारले देशको समग्र अर्थतन्त्रको अवस्थाको प्रतिबिम्वन गर्न सक्दैन ।

सेयर बजार उच्च अंकले वृद्धि भएपनि मुलुकको वास्तविक अर्थतन्त्रमा किन सुधार आएन भन्ने प्रश्न उत्पन्न भएको छ । यस बारेमा अर्थव्यवस्थामा नजर राख्नेहरुले बताएका छन् कि पाकिस्तानमा कर संस्कृतिको यस प्रकारले विकास गरिएको छ कि अर्थव्यवस्थाको वास्तविक क्षेत्रमा लगानी गर्नेले बढी पैसा तिर्नुपर्ने अवस्था छ ।

जबकी सेयर बजारमा लगानी गर्ने वा बैंकमा निक्षेप राख्नेले भने कम भन्दा कम कर तिरेपनि हुने अवस्था छ । उनका अनुसार अर्थतन्त्रको वास्तविक क्षेत्रमा वृद्धि तथा विकासले मात्रै अर्थतन्त्रको आकारमा विस्तार हुन सक्छ र रोजागारीको अवसर समेत प्रदान गर्न सहयोग मिल्छ ।

सायमी अलीले यस सम्बन्धको बारेमा बताउका छन् कि पाकिस्तानको खास अर्थतन्त्रको सवाल हो । यो असाध्यै खराब भएर गएको छ । यस विश्वव्यापाी समस्या हो, कनिकी, कोरोना भाइरसको कारण संसारभर नै अर्थतन्त्रमा नकारात्मक असर परेको छ । त्यसको प्रभाव पाकिस्तानमा समेत परेको छ ।

अर्थतन्त्रको विभिन्न क्षेत्रको अवस्था आफै बताउँछ कि पाकिस्तानी अर्थव्यवस्था के कस्तो अवस्थामा रहेको छ । केवल सेयर बजारमा तिव्र गतिमा देखिएको वृद्धिको रुझानको आधारमा पाकिस्तानको अर्थतन्त्रमा सुधार भइरहेको छ । बिबिसीबाट


क्लिकमान्डु