भूकम्पपछिको पुर्ननिर्माण रिपोर्ट- जीडीपी ४.५ प्रतिशतले बढ्यो



काठमाडौँ । भूकम्पपछिको पुनः निर्माणमा १४ लाख २० हजार मानिसले प्रत्यक्ष रुपमा रोजगारी पाएकाले कूल ग्राहस्थ उत्पादनमा ४.५ प्रतिशत वृद्धि भएको छ ।

भूकम्पपछिको पुनःनिर्माणले अर्थतन्त्रमा पारेको प्रभावका विषयमा गरिएको अध्ययनले पुनः निर्माणले कूल ग्राहस्थ उत्पादनमा ठूलो प्रभाव पारेको पाइएको हो ।

आर्थिक वर्ष २०७१/७२ मा कूल गार्हस्थ उत्पादनको वृद्धिदर २.९७ प्रतिशतमा सीमित भएको थियो । यसैगरी आव २०७२÷७३ मा आर्थिक वृद्धिदर इतिहासमै न्यून अर्थात् ०.२० प्रतिशत भएको थियो ।

भूकम्पले ७.०६ अर्ब अमेरिकी डलर बराबरको क्षति भएको अनुमान गरिएको थियो । जसमध्ये ७६ प्रतिशत निजी क्षेत्रको थियो । भूकम्पपछिको पुनःनिर्माणका गतिविधिबाट आर्थिक वृद्धिमा सकारात्मक योगदान रहेको देखाएको प्रारम्भिक अध्ययनमा देखिएको छ ।

पुनः निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अध्ययनले पुनःनिर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको देखाए पनि यसलाई थप अनुसन्धान गरेर हेर्नुपर्ने टिप्पणी गरेका छन् ।

निजी आवास पुर्ननिर्माणका लागि स्थानीयस्तरमा ६ लाखसम्म कामदार लागेका छन । पुर्ननिर्माणमा करीब ६०० अर्ब रुपैयाँ खर्च हुँदा अर्थतन्त्र चलायनमा भई कूल ग्राहस्थ उत्पादनमा सकारात्मक प्रभाव परेको हो ।

प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत प्रा डा. गोविन्दराज पोखरेलले पुर्ननिर्माणका क्रियाकलापबाट कूल गार्हस्थ उत्पादनको वृद्धिदर औसतमा ४.५ प्रतिशत विन्दुको रहेको भन्ने विषयमा थप गहिराइसम्म गएर अध्ययन गर्नुपर्ने बताउँछन् ।


क्लिकमान्डु