नासाले ल्यायो विद्युतीय विमान, भयो सफल परीक्षण



राजधानीका सडकमा विद्युतीय सवारी चल्न थालेको धेरै भएको छैन । अझ सार्वजनिक यातायातका रुपमा विद्युतीय सवारी साधनको प्रयोग भर्खरै मात्रै सुरुवात भएको छ ।

विश्वबजारमा तेलको प्रयोग कम गर्न तथा विद्युतको प्रयोग बढाउदै पर्यावरणको संरक्षणका लागि विद्युतीय बस अपरिहार्य जस्तै भएको छ । सरकारले पनि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति नै लिएको छ ।

हाल साझा यातायात र निजी क्षेत्रबाट सुन्दर यातायात प्रालिले राजधानीका सडकमा विद्युतीय सवारी साधन गुडाइरहेका छन् । हाल सुन्दर यातायातले ४ वटा विद्युती बसमार्फत् राजधानीमा सेवा दिइरहेको छ ।

नेपालमा मात्रै होइन, विश्व बजारमा समेत २ पांग्रे तथा ४ पांग्रे विद्युतीय प्रयोग नौलो होइन । तर यसको व्यापकता भने अझै बाँकी छ ।

तर हालै नासाले विद्युतीय विमान समेत विश्वका पहिलो इलेक्ट्रिक विमान पेश गरेको छ ।

सन् २०२० सम्ममा टेस्ट उडान हुने अपेक्षा गरिएको उक्त इलेक्ट्रिक विमान बनाउनका लागि २० वर्ष लागेको नासाको भनाइ छ । नासाले यो विमानले प्रदुषण कम गर्ने भएकाले यसलाई सम्भावनाका रुपमा हेरिएको जनाएको छ ।

विमान विश्वमा सबैभन्दा धेरै प्रदुषण फैलाउने यात्री बाहन हो । यूरोपियन पर्यावरण एजेन्सी (ईईए)को रिपोर्ट अनुसार एउटा विमानले एउटा सानो कारको तुलनामा ६ गुणाबढी प्रदुषण फैलाउँछ ।

विमानबाट हुने प्रदुषण कम गर्नका लागि नासाले इलेक्ट्रिक विमान पेश गरेको हो । नासाले बनाइरहेका इलेक्ट्रिक विमानमा ४ जना यात्रा गर्न सक्छन् ।

अमेरिकाको क्यार्लिफोनियास्थित अमेरिकी एजेन्सी नासा रिसर्च सेन्टरले यसअघि इलेक्ट्रिक विमान एक्स–५७ म्याक्सवेल परीक्षण गरेको थियो । यो इलेक्ट्रिक विमानबाट कार्बनको उत्सर्जन हुँदैन् । जसले गर्दा पर्यावरण क्षेत्रमा राम्रो प्रभाव पर्ने नासाको भनाइ छ ।

यस विमानमा २ वटा १४–इलेक्ट्रिक मोटर हुनेछन् । विमानमा पावरफुल लिथियम ब्याट्री प्रयोग गरिनेछ ।

यसअघि पनि इलेक्ट्रिक विमानको परीक्षण नभएको होइन । जसमध्ये एउटामा सोलार इम्पल्स २ वटा विमान थिए । जुन सोलार पावर अर्थात् सौर्य उर्जाबाट चल्दथे । जसले दुनियाँभरमा चक्कर लगाइसकेका छन् ।

त्यस्तै, चीनले पनि सौर्य उर्जाबाट चल्ने मानवरहित विमानको सफल परीक्षण गरिसकेको छ । यो विमान २ वर्षको रिसर्चपछि बनेको थियो । अहिलेसम्म यी विमानबाट व्यवसायिक उडान भने भएको छैन ।

चीनले आफ्नो पहिलो ४ सिट क्षमताको इलेक्ट्रिक विमानको सफल परीक्षण गरिसकेको छ । मंगलबार चीनले विमानको पहिलो उडान गर्यो । यो विमान १२०० किलोग्राम तौल र ८.४ मिटर लामो छ ।

यसका पखेँटा १३.५ मिटर लामा छन् । एक पटक फूल चार्ज भएपछि विमानले ३०० किलोमिटरको यात्रा गर्न सक्छ । एक फ्लाइटमा विमानले ९० मिनेटको उडान भर्न सक्छ ।

समाचार एजेन्सी सिन्ह्वाका अनुसार लाइटवेट कार्बनबाट निर्मित विमानले चीनको उत्तरी सहर सेन्याङमा उडान गरेको थियो र यसको बडी पार्टसमा कार्बन फाइबर कम्पोजिटको प्रयोग गरिएको थियो । त्यसैले अन्य विमानको तलुनामा यसको तौल निकै कम छ ।

सन् २०२३ मा अष्ट्रेलियाको मेलबर्नमा सुरु हुँदैछ फ्लाइङ ट्याक्सी
इलेक्ट्रिक विमानको व्यावसायिक प्रयोग व्यवहारिक हुन सक्छ । किनभने यी विमानले ध्वनी र वायु प्रदुषण गर्दैनन् ।

त्यस्तै, सन् २०२३ मा उबरले अष्ट्रेलियाको मेलबर्नमा इलेक्ट्रिक फ्लाइङ ट्याक्सीको सेवा सुरु गर्ने योजना बनाएको छ । उबरको यस सेवालाई डलास र लस एञ्जल्सममा पहिलेदेखि नै सुरु भइसकेको छ ।

कुन सवारीले कति कार्बन उत्सर्जन गर्छन् ?
कार्बन उत्सर्जन (प्रति यात्री प्रति किमी)    मात्रा
रेल – १४ ग्राम सीओ२
साना कार -४२ ग्राम सीओ२
मध्यम कार – ५५ ग्राम सीओ२
बस – ६८ ग्राम सीओ२
दुई पांग्रे सवारी – ७२ ग्राम सीओ२
विमान – २८५ ग्राम सीओ२

-एजेन्सीको सहयोगमा


क्लिकमान्डु