विश्वका १०० प्रभावशाली महिलाको सूचीमा नेपालबाट बोनिता शर्मा, पढ्नुहोस् उनको प्रेरणादायी यात्राको कथा



काठमाडौं । बीबीसीले सार्वजनिक गरेको सन् २०१९ का विश्वभरका १०० जना प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची नेपालबाट एक मात्र महिला बोनिता शर्मा पर्न सफल भएकी छन् ।

बीबीसीले हरेक वर्ष सार्वजनिक गर्ने संसारभरीका १०० प्रेरणादायी एवम प्रभावशाली महिलाको सूची सार्वजनिक गर्छ । जसमा सन् २०१९ को सूचीमा शर्मा पर्न सफल भएकी हुन् ।

बोनिता ‘द सोसल चेञ्जमेकर्स एन्ड इनोभेटर्स’ (सोचाइ) नामक संस्थाको संस्थापक हुन् । शर्माले महिला, बालबालिका तथा किरोशकिशोरीको शिक्षा तथा पोषणका लागि काम गर्दै आएकी छन् ।

कुपोषणका कारण हुने बाल मृत्युदर घटाउन उनले नयूट्रिबेड्स डिजाइन गरेकी छन् ।

यो एउटा हातमा लगाउने ब्रासलेट हो । जसलाई पोषण माला पनि भनिन्छ । जसमा भिन्न–भिन्न रंगका दाना उनिएको हुन्छ । जसले आमाहरुलाई नवजात शिशुलाई के खुवाउने सचेत गराउँछ ।

शर्माले लिड गरेको उक्त प्रोजेक्ट युनेस्को मलाला फन्ड फर गल्र्स राइट टु एजुकेट कोषमार्फत् पुरस्कृत समेत भएको छ । जसबाट उनले ५० हजार अमेरिकी डलरको पुरस्कार समेत प्राप्त गरेकी थिइन् ।

उनको जन्म भद्रबासमा भएको हो । भद्रबास काठमाडौंको बौद्यबाट ३० मिनेटको दूरीमा छ । नेहा मल्ल, आशुतोषध्वज कार्की र मञ्जिता राजोपध्याय ४ जना मिलेर उक्त संस्था स्थापना भएको हो ।

संस्थामा २० जनाको स्वयमसेमकले काम समेत गरिरहेका छन् ।

स्वास्थ्य र पोषण सुधारका लागि काम गरिरहेकी छन् । यूके बेस्ड च्यारिटी अर्गनाइजेसन वान एण्ड योङ जसको उद्देश्य विश्वभरका युवाहरुलाई एकै थलोमा ल्याएर अभियान सञ्चालन गर्ने जसले समाजमा भएका समस्या समाधानमा काम गर्न सक्छन भन्ने उद्देश्य राखेको थियो ।

उक्त अर्गनाइजेसनले दीगो विकास लक्ष्यले तय गरेका १७ वटामध्ये १० वटा लक्ष्य पूरा गर्नका लागि विश्वभरबाट आवेदन माग गरेको थियो ।
जसमा विजेता हुने एक जना च्यालेन्ज पार्टनरलाई एक वर्षसम्म मेन्टरसिप समेत दिएको थियो । प्रतिष्पर्धाका लागि विश्वका १२०० आवेदन परेको थियो । जसमध्ये शीर्ष १० को सूचीमा बोनिता शर्मा र उनको टिम परेको थियो ।

यो आइडिया कसरी आयो त ?

फिल्डमा काम गर्ने सिलसिलामा एकपटक उनी ललितपुरको लुभुमा पुगेकी थिइन् । जहाँ एक जना आमाले छिमेकीको समस्या सुनाएकी थिइन् । जसमा उनको छिमेकी आमाले २ महिनाको बच्चालाई पोषण होस भन्ने उद्देश्यले काजु र बदाम घोटेर झोल बनाएर खुवाउँदा घाँटीमा अड्किएर बच्चाको मृत्यु भएको रहेछ ।

बच्चालाई जन्मेको ६ महिनासम्म आमाको दुधबाहेक केही खुवाउनु पर्दैन भन्ने ज्ञानको अभावमा आमाले बच्चा गुमाएकी थिइन । उक्त घटनापछि आमालाई दोष देखाउँदै घरबाट निकालिएकी रहिछन् । र, माइतिमा गएर बसेकी रहिछन् ।

उक्त घटनाले शर्माको मनमा छोयो र अझै यस्ता आमाहरु कति होलान भन्ने हिसाबले उनले यसै क्षेत्रमा काम गर्ने सोच बनाइन् । समाजलाई नविनतम सिर्जना काम गर्ने योजना बनाएकी थिइन ।

यसै घटनाबाट ‘पोषण माला’को आइडिया सिर्जना भएको थियो ।

मालामा रंग र नम्बरहरु राखिएका हुन्छन् । जसमा ०, ६, ९, १२, २४ अंक छन् । जसमा बच्चा जन्मिसकेपछि २४ महिनासम्म के खुवाउने भन्ने उल्लेख गरिएको छ । मालासँगै न्यूट्रिसन कार्ड पनि दिइन्छ । जसमा के खुवाउने भन्ने उल्लेख छ ।

मालामा ० देखि ६ अंकका बीचमा सेतो रंग छ । जसले स्तनपान भन्ने जनाउँछ । ६ महिनासम्म दुध मात्रै खुवाउने भन्ने जनाउँछ ।

त्यस्तै, ६ देखि ९ अंकले ६ महिनादेखि ९ महिनासम्मको अवधिलाई जनाउँछ । जसमा सेतोसँगै अन्य ४ वटा रंगहरु पनि छन् । जसमा सेतो, खैरो, पहेँलो, हरियो निलो रंग छन् । जसमा ६ महिनादेखि सेतो रंगको अर्थ आमाको दुध, खैरो रंगको अर्थ अन्नबालीहरु, पहेँलो रंगको अर्थ दाल गेडागुडी, हरियो रंगको अर्थ हरियो सागसब्जी र निलो रंगको अर्थ पशुजन्य आहार भन्ने बुझाउँछ । हरेक बार खाना चार भन्ने भनाइ अन्तर्गत यो अवधिको बालबालिकालाई दुधसँगै अन्य आहार पनि खुवाउनु पर्छ र त्यो सन्तुलित भोजन हुनुपर्ने भन्ने आधारमा बनाइएको हो ।

त्यस्तै, ९ देखि १२ र १२ देखि २४ अंकसम्म पनि पाँच वटै रंग छन् । तर यसमा खानाको मात्रा बढाइएको छ । ६ महिनादेखि ९ महिनासम्म दैनिक ३ पटक खुवाए पुग्थ्यो भने ९ महिनाभन्दा माथि उमेर भएकालाई खानासँगै अन्य स्न्याक्सहरु पनि चाहिने उल्लेख गरिएको छ ।

१२ देखि २४ अंकमा खानासँगै २ पटक थप खाना दिनुपर्छ । बालबालिकाको मस्तिष्कको विकास गर्भवती भएको २४ महिनासम्म हुने भएकाले यस समयमा सन्तुलित भोजनको अति आवश्यक हुन्छ ।

र, यही जानकारी उनीहरुको संस्थाले अहिले फैलाउने काम गरिरहेको छ ।

उनका अनुसार नेपालमा अहिले ३६ प्रतिशत बालबालिकामा दीर्घ कुपोषण छ । जुन निकै हुन निकै गाह्रो हुन्छ ।

अभियानका क्रममा उनले किशोरीमा महिनावारी सम्बन्धि जानकारी नभएको पाएपछि महिनावारी माला पनि बनाइकी छन् । जसमा २४ वटा रंगका दाना छन् । जसमा सुरुको पाँच वटा दाना राता रंगका छन् । जसले महिनावारीलाई जनाउँछ । १४ औं नम्बरमा रहेको माला ओरेन्ज रंगको छ । मालामा ट्याकर पनि छ । जसले आफू कुन दिन महिनावारी भएँ भन्ने जानकारी समेत दिन्छ ।

शर्माको अभियानले सामाजिक जनचेतनासँगै सामाजिक उद्यमशिलता समेत सिकाउँदै गएको छ । एउटा माला खरिद गर्दा आएको उक्त पैसाले अर्को ठाउँमा निशुल्क मालाका लागि जान्छ ।

शिक्षा, सिर्जनशिलता र उद्यमशिलता जस्ता तीन वटा कामलाई प्रोत्साहन गर्ने काम उनको संस्था सोचाइले गर्दै आएको छ ।

हेर्नुहोस १०० प्रेरणादायी तथा प्रभावशाली महिलाको सूची


क्लिकमान्डु