बीमा विधेयकमा सांसद्को संसोधन: सवारी साधनको तेस्रो पक्ष बीमाको व्यवस्था हटाउ



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले प्रतिनिधिसभामा पेश गरेको बीमा सम्बन्धी कानूनलाई संसोधन तथा एकीकरण गर्न बनेको विधेयकमा ८५ बुँदाको संसोधन प्रस्ताव दर्ता भएको छ ।

१३ जना सांसद्ले ८५ बुँदाको संसोधन प्रस्ताव पेश गरेका छन् ।

सांसद्हरु रामवीर मानन्धर,भरतकुमार शाह,बृजेशकुमार गुप्ता,रानी मंडल,चन्द्रकान्त चौधरी,एकवाल मियाले संसोधन प्रस्ताव दर्ता गराएका छन् । यस्तै राजकिशोर यादव,नरमाया ढकाल,अमृता अग्रहरी,संजयकुमार गौतम,राजेन्द्रकुमार केसी,गणेशकुमार पहाडी तथा प्रेम सुवालले संसोधन प्रस्ताव दर्ता गराएका छन् ।

नेपाल मजुदुर किसान पार्टीका सांसद् प्रेम सुवालले बीमालाई राज्यले नै गर्ने गरेर बीमालाई व्यवसाय नभएर सेवाको रुपमा नियमन गर्नुपर्ने संसोधन प्रस्ताव दर्ता गराएका छन् ।

उनले सवारी साधन नविकरण गर्दा निर्जीवन बीमा अनिवार्य गर्नुपर्ने कानूनी प्रावधानलाई हटाउन समेत माग राखेका छन् । सडक दुर्घटना हुने र त्यसपछि अनावश्यक माग राख्ने प्रवृति बढेपछि सरकारले सवारी साधनमा तेस्रो पक्ष बीमाको व्यवस्था गरेको थियो ।

यस्तै नेपाली कांग्रेसका सांसद् भरतकुमार शाहले विधेयकमा प्रस्ताव गरिएको बीमा समितिको संचालक समिति सदस्य विधेयक पारित भएर कार्यान्वयन भएपछि पुर्ननियुक्ती हुने व्यवस्था हटाउन संसोधन प्रस्ताव गरेका छन् ।

विधेयकमा अर्थमन्त्री खतिवडाले समिति अध्यक्ष रहेका चिरन्जिवी चापागाईँलाई हटाउनको लागि बीमा सम्बन्धी विधेयक पारित भएपछि अहिलेको समितिको संचालक समितिको पुर्ननियुक्ती हुने व्यवस्था राखेका छन् । यसले समिति अध्यक्ष चापागाईँको पद ऐन कार्यान्वयनमा आएपछि स्वत खारेज हुने छ ।

यस्तै विधेयकमा प्रस्ताव गरिएको बीमा प्राधिकरणको कोष चार अर्ब रुपैयाँको गराउनुपर्ने र यो पुँजीकोष हस्तान्तरण गर्न नसकिने व्यवस्था राख्न शाहले संसोधन प्रस्ताव दर्ता गरेका छन् । विधेयक कार्यान्वयन पछि बीमा समिति बीमा प्राधिकरणमा परिवर्तन हुने छ । बीमा प्राधिकरणमा रहेको कोषको ५० प्रतिशत रकम सरकारलाई जाने उल्लेख गरिएको छ ।

प्रतिनिधिसभामा अर्थमन्त्री डा खतिवडाले पेश गरेको विधेयक हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यस्तो छ सांसद्ले प्रस्ताव गरेको संसोधन प्रस्ताव ।

 


क्लिकमान्डु