संसारमै किन बढ्दै ‘क्यासलेस’ कारोबार ?



काठमाडौं । विश्वभरका देशले क्यासलेस ट्रान्जेक्शनलाई बढवा दिइरहेका छन् । यो दशकको अन्त्यसम्ममा विश्वभरमा क्याशलेस ट्रान्जेक्शन ७ सय २६ अर्ब पुग्ने अनुमान गरिएको छ । यो संख्या सन् २०१५ को भन्दा १०.९ प्रतिशतले धेरै हो ।

पछिल्लो समय नेपाल पनि क्यासलेस कारोबारमा जान खोजिरहेको छ ।

बेलातयमा सन् २०१६ को तुलनामा २०१७ मा नगद कारोबारमा १५ प्रतिशतले गिरावट आएको थियो । बेलायतमा सन् २०१७ मा १३.३ अर्ब मात्रै नगदमा कारोबर गरिएको थियो । बेलायतमा ४० प्रतिशत ट्रान्जेक्शन मात्रै नगदमा हुने गर्छ ।

जापानमा सन् २०१७ मा नगद कारोबारमा ८.५ प्रतिशतले गिरावट आएको थियो । यता, चीनमा पनि मोबाइल पेमेन्टमा २० प्रतिशतले बढेको थियो ।

कार्ड, मोबाईल र अनलाईन पेमेन्टमा बृद्धी भएपछि पसलमा नगद राख्ने प्रचलनमा पनि कमी आएको छ ।

स्वीडेनमा गत वर्ष त्यहाँ भएको कूल कारोबारमा २ प्रतिशत मात्रै नगद प्रयोग भएको थियो । स्विडेनको २० प्रतिशत जनसंख्याले त वर्षभरी एकपटकपनि नगद प्रयोग नगरेको बताईन्छ ।

सन् १९९० को दशकमा स्वीडेनमा वार्षिक १ सय बैंकमा डकैतीका घटना हुने गर्थे ।

क्यासलेस हुनुका फाइदा

कर छली कम हुन्छ ।

नक्कली नोटको समस्या समाधान हुन्छ ।

बैंकसँग लगानीका लागि पर्याप्त पुँजी हुन्छ ।

अपराध र आतङ्कवादमा नियन्त्रण ।

इ–कमर्सको विकास ।

बैंकिङ र कर प्रणाली आधुनिक हुन्छ ।

क्यासलेस हुनुका बेफाईदा

प्रविधिका सीमा हुन्छन् र तीनमा मानिसको निर्भरता धेरै हुन्छ ।

अशिक्षित मानिसलाई कठिन हुन्छ ।

सुविधा र आधरभूत संरचनाको कमी ।

शक्तिशाली बैंक र वित्तीय संस्थाको मानोपोलीको भय ।

वित्तीय प्रणालीमा आवश्यकता भन्दा धेरै निगरानी ।

साईबर क्राईमको खतरा ।

(एजेन्सीहरुको सहयोगमा)


पुष्प दुलाल