एक वर्षभित्र तामाकोशीको बिजुली बल्दै, टुङ्गो छैन सवस्टेशन, कसरी आउला बिजुली ?



काठमाडौं । सरकारले राष्ट्रिय गौरवको आयोजनाको रुपमा राखेको माथिल्लो माथिल्लो तामाकोशी जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा पुगेपनि विद्युत् प्रवाह गर्ने सबस्टेशन कहिले सकिन्छ भन्नेमा कोही कसैलाई पनि थाहा छैन ।

आयोजना निर्माण सम्पन्न हुने अन्तिम तरखरमा छ । तर सबस्टेशनको काम बल्ल माटो परिक्षणमा मात्रै पुगेको छ । यतिबेला सवस्टेशन निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तालिकाअनुसार सबस्टेशन तयार भएर परिक्षण गरेको केही समयपछि मात्रै माथिल्लो तामाकोशीको विद्युत् जोड्ने योजना थियो ।

सम्वद्ध पक्षहरुका अनुसार आयोजना सञ्चालनमा आएको तीन वर्षपछि मात्रै माथिल्लो तामाकोशीको विद्युत् जोड्ने सबस्टेशन निर्माण सम्पन्न हुने देखिएको छ ।

माथिल्लो तामाकोशीलगायतका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडने तयारीका साथ निर्माण सुरु गर्न लागिएको न्यू खिम्ती सवस्टेशनको काम अगाडि बढाउने जिम्मा नेपाल विद्युत् प्राधिकरणको थियो र हो । तर कामको गति हेर्दा कुखुरा पहिले कि फुल पहिले भन्ने अवस्थामा रहेको छ ।

तामाकोसीले २०७५ मंसिरदेखि विद्युत् उत्पादन सुरु गर्नेछ । आयोजनाको काम अब बढीमा ८ प्रतिशत मात्रै बाँकी रहेको छ ।

जग्गा प्राप्तिमा लामो समयसम्म अल्झदा सवस्टेशनको काम अगाडि बढ्न सकेको थिएन । उक्त सवस्टेशनलाई विद्युत् हब बनाउने महत्वाकाक्षी योजना अगाडि सारिएको थियो ।

तर जग्गा प्राप्तिमा नै लामो समयसम्म नेपाल विद्युत् प्राधिकरण अड्कन पुग्दा त्यसले कुनै पनि समाधान दिन सकेको थिएन । स्थानीयले उच्च मूल्य माग गरेपछि सबस्टेशन निर्माणको कामले गति लिन सकेको थिएन ।

माथिल्लो तामाकोशीको विद्युत् जोड्ने लक्ष्यका साथ मिर्नाण गर्ने भनिएको सवस्टेशन नै सम्पन्न नभएपछि खिम्तीमा रहेको हिमाल पावरको सवस्टेशनबाट माथिल्लो तामाकोशीको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नुपर्ने वाध्यता आइलागेको छ । हाल सो सबस्टेशनमा भारतबाट आयात गरिएको विद्युत् समेत जोडेर काठमाडौँ ल्याइएको छ ।

ढल्केबर मुजफ्फरपुर अन्तरदेशिय प्रसारण लाइनबाट आयात भएको विद्युत् समेत सोही सवस्टेशनबाट काठमाडौँ ल्याइएको छ । न्यू खिम्ती सवस्टेशन बनाउने तर्फ प्राधिरकणले समयमा नै ध्यान पु¥याउन नसक्दा माथिल्लो तामाकोशीको विद्युत् प्रवाहमा समस्या आउन सक्नेछ । हाल न्यू खिम्ती सबस्टेशनको माटो परिक्षणको काम भइरहेको छ । एक भारतीय ठेकेदारले उक्त सवस्टेशन निर्माणको जिम्मा पाएको छ ।

सबस्टेसनको काम आयोजनाले नै सुरु गरेको छ । काम सुरु नहुँदा तामाकोसीको विद्युत् खेर जाने सम्भावना थियो । रामेछापको साविक फुलासी गाविस वडा नं. १ साँखेमा २२०/१३२ केभी क्षमताको सबस्टेसन निर्माण हुनेछ ।

लामो समयदेखि स्थानीयले जग्गाको मुआब्जा नबुझ्दा समस्या उत्पन्न भएको थियो । सबस्टेसनमा दोलखा, रामेछाप र ओखलढुंगामा निर्माण हुने आयोजनाका विद्युत् जोडिनेछ । तामाकोसीले २०७५ मंसिरदेखि विद्युत् उत्पादन सुरु गर्नेछ । आयोजनाको काम अब बढीमा ८ प्रतिशत मात्रै बाँकी रहेको छ ।

माथिल्लो तामाकोशीको विद्युत् प्रसारण गर्न गोंगर-फुलासी ४७ किलोमिटर २२० केभी प्रसारण लाइनको काम पनि तीव्ररूपमा भइरहेको छ । उक्त प्रसारण लाइन आगामी चैतसम्म निर्माण सम्पन्न हुनेछ ।

सबस्टेसन निर्माण गर्न नेपाल विद्युत प्राधिकरण जग्गा उपलब्ध गराउने जिम्मेवारी थियो । ४ वर्षदेखि १३७ रोपनी जग्गा रोक्का राखेर जिल्ला प्रशासन कार्यालयले जग्गाको मूल्यांकनसहित सार्वजनिक सूचना समेत जारी गरेको थियो । तर स्थानीयले मुआब्जामा चित्त नबुझाएका कारण समस्या भएको थियो ।

तर लामो प्रयास र वार्तापछि मात्रै स्थानीयले गत वर्ष जग्गाको मुआब्जा बुझेका थिए । स्थानीय चलन चल्तीको मूल्य मिलाएर प्रतिरोपनी रु ५ लाखदेखि रु १२ लाख मुआब्जा दिइएको थियो ।

पाखोबारी ५ लाख रुपैयाँ, खेतीयोग्य जग्गाको ७ लाख, फुलासी पोखरी जाने सडकछेउ जग्गा ८ लाख र मुख्य सडकछेउको जग्गाको मूल्य १२ लाख रुपैयाँ निर्धारण भएको थियो ।

दोलखा, रामेछाप, सोलुखुम्बु र ओखलढुंगामा बन्ने आयोजनाको विद्युत् पनि यही सस्टेसनमा जोडिनेछ । उक्त कोरिडोरमा सरकारी र नीजि क्षेत्रका गरी करिब तीन हजार मेगावाट विद्युत् निर्माणको विभिन्न क्रममा रहेको छ ।


क्लिकमान्डु