सार्क क्षेत्रमा थप कमजोर बन्दै नेपाल, प्राविधिक तत्परतामा श्रीलंकाले भारतलाई उछिन्यो




काठमाडौं । नेपाल अन्य दक्षिण एसियाली राष्ट्रहरुको दाँजोमा ब्यवसायिक सहजता, सृजनशीलता, प्राबिधिक तत्परता र पूर्वाधार बिकासकाका संर्दभमा निकै कमजोर देखिएको छ ।

दक्षिण एसियाली क्षेत्रमा भारत, पाकिस्तान र बंगलादेश ठूला अर्थतन्त्र हुन् भने यीनलाई भुटान (९७ औं), नेपाल (९८ औं) र श्रीलङ्का (६८ औं) जस्ता साना अर्थतन्त्रले घेरेका छन् ।

वल्र्ड इकोनोमिक फोरमले प्रकाशित गरेको ‘ग्लोबल कम्पिटेटिभनेस इन्डेक्स २०१७’ का अनुसार भारत (५५ औं), बंगलादेश (१०६ औं) र श्रीलङ्का (६८ औं) ले पूर्वाधारहरुको गुणस्तरको हिसाबले अभूतपूर्ब प्रगति हासिल गरेको छ । तर, नेपाल र पाकिस्तानमा भने पूर्वाधारको गुणस्तर खस्किएको इन्डेक्समा देखाइएको छ ।

रिपोर्टमा पाकिस्तान मात्र दक्षिण एसियामै समग्र आर्थिक बातावरण र स्वस्थ प्राथमिक शिक्षाको स्तरमा सुधार ल्याउन नसकेको देश भएको उल्लेख गरिएको छ । साथै, बित्तीय बजारको बिकासमा भने दक्षिण एसियाका सबै देशहरु कमजोर रहेको उल्लेख गरिएको छ ।

श्रीलङ्काले भारतलाई उछिन्दै प्राबिधिक तत्परताको सन्दर्भमा सबैभन्दा माथि उक्लेको छ ।

यस्तै भारतले सन् २०१६/१७ मा दक्षिण एसियाली क्षेत्रको नेतृत्व गर्दै ३९ औं स्थानमा उक्लिएको छ । नेपाल (९८ औं) र भुटान (९७ औं) ले पूर्वाधारको बिकास र ‘कनेक्टिभिटि’ सुधार गनुर््पर्ने देखिएको छ । भुटानमा जलबिद्युतको क्षेत्रमा ठूलो लगानी भएका कारण उसले लगानी बढाउन उच्च गुणस्तरको बिद्युत आपुर्तिमा भर पर्न सक्ने प्रतिबेदनमा लेखिएको छ । पाकिस्तानको अस्थिर बातावरणले नकारात्मक असर पारेको उल्लेख गरिएको छ ।

मुलुकमा बिगत १० बर्षमा भित्रिएको प्रत्यक्ष बैदेशिक लगानी (एफडिआई) को ‘ट्रेण्ड’ मा उतारचढाव देखिएको छ । सन् २००६ मा एफडिआइको प्रवाह नकारात्मक र जीडीपीको ०.०७ प्रतिशत थियो । तर, सन् २०१० मा ०.५५ प्रतिशत भयो । आफ्ना छिमेकीहरुको तुलनामा भने यो संख्या नगन्य नै हो । सन् २०१५ मा एफडिआइको जीडीपीमा योगदान ०.२४ प्रतिशतमा झ¥यो । यसले नेपालको खस्किदैं गएको लगानी बातावरणकै संकेत गर्छ ।


क्लिकमान्डु