एक्लै चुनाव लड्ने र कार्यकर्ताले रुखमै भोट हाल्न पाउने सुनिश्चित गर्छौं: गगन थापा



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कार्यकर्ताले रुख चिह्नमै मतदान गर्ने सुनिश्चित गर्ने दाबी गरेका छन् ।

ललितपुरमा जारी रहेको नेपाली कांग्रेसको महासमिति बैठकमा सांगठानिक प्रस्ताव पेस गर्दै थापाले गत निर्वाचनमा कार्यकर्ताले कतिपय निर्वाचन क्षेत्रमा रुख चिह्नमा मतदान गर्न नपाएको भन्दै आगामी चुनावमा त्यस्तो नहुने बताए ।

‘पार्टीका सदस्यहरू, शुभेच्छुक तथा समर्थक र आम नागरिकलाई पूर्ण विश्वास दिलाउँदै, दृढ संकल्प गर्छौँ,’ उनले भने, ‘हामी भविष्यमा हुने आवाधिक निर्वाचनहरू आफ्नै ताकतमा एक्लै लड्ने छौँ र हाम्रो मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न ‘रुख’ मा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्ने छौं ।’


क्लिकमान्डु