वाइवाइ गुणस्तरीय छः सीजी ग्रुप



काठमाडौं । सीजी ग्रुपले वाइवाइको उत्पादन गुणस्तरीय रहेको दाबी गरेको छ ।

नेपाली उपभोक्ताहरूका लागि नेपालमै बनेको ब्राउन नुडल्स उपलब्ध गराउने सीजी पहिलो कम्पनी हो ।

विभिन्न पाँच देशहरूबाट उत्पादन भइरहेको वाइवाइ विश्वका ३५ भन्दा बढी देशहरूमा बिक्री गर्दै आएको जनाएको छ ।

विश्वव्यापीरूपमा वाइवाइ इन्स्ट्यान्ट नूडलल्सको वृद्धि पछाडीको एउटा प्रमुख कारक यसको गुणस्तर नै हो । सीजीले यस उद्योगको उत्कृष्टमध्येको एक गुणस्तर प्रणाली स्थापना गरेको छ’ जारी विज्ञप्तिमा उल्लेख ।

प्रत्येक सामग्रीले फ्याक्ट्रीमा पुग्नु अघि गुणस्तर जाँचको मापदण्ड पुरा गरेको हुनुपर्ने कमम्पनीको दाबी छ । ‘यदि यो मानक पूरा गर्दैन भने सामान अस्वीकार गरिन्छ र आपूर्तिकर्तालाई नै फिर्ता गरिन्छ’ जारी विज्ञप्तिमा भनिएको छ‘ प्रारम्भिक जाँच पार भएपछि सामग्री प्रशोधनमा जान्छ जुन प्रशोधनका लागि आवश्यक ब्याच मात्रामा मापन गरिन्छ ।’

उत्पादित सामानहरू ब्याच आधारमा भण्डारण गरिने र गुणस्तर परीक्षणको लागि नमूना संकलन गर्ने सीजीको दाबी छ ।

सीजी सँग ७० भन्दा बढी फूड टेक्नोलोजिस्टहरू रहेको दाबी गरेको छ ।

‘गुणस्तर सुनिश्चितता केवल कारखानामा मात्र सिमित हुदैन । पठाएको सामान फ्याक्ट्रीबाट घोषणा भए अनुरुप गुणस्तर रहे वा नरहेको हेर्न बजारबाट स्याम्पल समेत लिइन्छ’ सीजीको विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु