रिडी पावरबाट गुरु न्यौपानेले दिए राजीनामा, अध्यक्षमा सञ्जिव नियुक्त

काठमाडौं । रिडी पावर कम्पनीका अध्यक्ष गुरु न्यौपानेले पदबाट राजीनामा दिएका छन् । अध्यक्ष न्यौपानेले दिएको राजीनामा सोमबार बसेको सञ्चालन समितिको बैठकले स्वीकृत गरेको छ । अध्यक्ष न्यौपानेले राजीनामा दिएसँगै उनको छोरा सञ्जिव न्यौपानेलाई अध्यक्षमा नियुक्त गरिएको छ । यस्तै स्वतन्त्र सञ्चालकमा दिव्या कोइरालालाई नियुक्त गरिएको छ ।