आचार्यलाई खाद्य व्यापार कम्पनीमा महाप्रवन्धकको जिम्मा*
काठमाडौं । सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको महाप्रवन्धकमा रमेश आचार्यलाई नियुक्त गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले धादिङका आचार्यलाई महाप्रवन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो ।