चिकित्सा शिक्षा विधेयक संसदमा प्रस्तुत
काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” प्रस्तुत भएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणी पोखरेलले उक्त विधेयक सदनमा प्रस्तुत गरेका हुन् ।