दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने गृहमन्त्री सुधन गुरूङको निर्णय

350
Shares

काठमाडौं । सरकारले दरबार हत्याकाण्डबारे थप छानबिन गर्ने भएको छ । गृहमन्त्री सुधन गुरूङले मंगलबार कार्यभार सम्हाल्दै यस्तो निर्णय गरेका हुन् ।

गुरूङले गरेको निर्णयमा भनिएको छ, ‘२०५८ जेठ १९ गते भएको नारायणहिटी राजदरबार हत्याकाण्डको सम्बन्धनमा यसअघि भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरी थप छानबिनको प्रक्रिया अघि बढाइनेछ ।’ राजा वीरेन्द्र शाहको वंशनाश हुने गरी त्यतिबेला घटेको सो घटना नेपालको इतिहासकै कालो दिन मानिन्छ ।

गुरूङ दोस्रोपल्ट गृह मन्त्री बनेका हुन् ।

Skip This