आईपीओ जारी गर्ने तयारीमा रहेको फ्रन्टलाइन हस्पिटलले नौ महिनामा गर्‍यो साढे ४४ करोडको व्यापार

168
Shares

काठमाडौं । नोबेल कलेज अफ हेल्थ एन्ड एजुकेशन फाउन्डेसनलले चालु आर्थिक वर्षको नौ महिनामा साढे ४४ करोड कारोबार गरेको छ । कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ४४ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।

कम्पनीले सन् २०२५ मा ४३ करोड ३० लाख रुपैयाँ, सन् २०२४ मा २६ करोड ९० लाख रुपैयाँ र सन् २०२३ मा ३४ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीको पछिल्ला पाँच वर्षको वार्षिक वृद्धिदर ९ प्रतिशत रहेको छ ।

कम्पनीको कारोबार गत आर्थिक वर्षमा ६१ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको उक्त कारोबार मुख्यतः भर्ना तथा बाह्य बिरामी सेवाको संख्या बढेकाले कारोबार वृद्धि भएको हो । गत आवमा कारोबार गरेकोमध्ये भर्ना तथा बाह्य बिरामी सेवाका साथै अस्पताल सञ्चालनबाट मात्रै ७४ प्रतिशत योगदान गरेको उल्लेख छ ।

त्यस्तै, चालु आवको ९ महिनाको अवधिमा पनि अस्पताल सेवाको कारोबार हिस्सा बढेर ८४ प्रतिशत पुगेको छ । बढ्दा्े अकुपेन्सी तथा सञ्चालनगत लाभले गर्दा कम्पनीको सञ्चालन मार्जिन पनि बढेको छ । गत आवमा २०.७९ प्रतिशत सञ्चालन मार्जिन रहेकोमा चालु आवको ९ महिनाको अवधिमा २२.९१ प्रतिशत पुगेको छ ।

सन् २००६ मा स्थापना भएको कम्पनीले सन् २०११ मा एक सय शैय्याको सुविधासहित नोबेल हस्पिटलबाट स्वास्थ्य सेवा दिँदै आएको थियो । सन् २०१७ पछि कम्पनीले प्रदेश स्वास्थ्य मन्त्रालयबाट २ सय शैय्याको अस्पताल सञ्चालनका लागि आशयपत्र प्राप्त गरेपछि फ्रन्टलाइन अस्पताल स्थापना गरी स्वास्थ्य सेवा दिँदै आएको छ ।

कम्पनीले हाल २ सय शय्याको अस्पतालको निर्माण कार्य तीब्र गतिमा बढाएको छ । चालु आवको वैशाखसम्ममा अस्पतालको निर्माण कार्य ८७ प्रतिशत सम्पन्न भइसकेको छ ।

कुल २ सय शैय्यामध्ये १ सय शय्या सञ्चालनमा आइसकेका छन् । उक्त सञ्चालनमा आएका शय्याहरुबाट कम्पनीले चालु आवको ९ महिनाको अवधिमा ४९ प्रतिशत अकुुपेन्सी हासिल गरेका छन । तर, बाँकी एक सय शय्या निर्माण कार्य अन्तिम चरणमा छन् ।

कयसैगरी, कम्पनीले थप एक सय शैयाको अन्कोलोजी तथा क्यान्सर केन्द्र स्थापना गर्ने योजना बनाएको छ । हाल सो योजना प्रारम्भिक चरणमा छ । कम्पनीले परियोजनालाई प्राथमिक सेयर निष्काषन (आईपीओ)मार्फत् वित्तीय स्रोत जुटाई सञ्चालन गर्ने योजना रहेको छ ।

नवराज पाण्डेको ४०.२७ प्रतिशत स्वामित्व रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ७५ करोड ८१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३ अर्ब ३५ करोड ३१ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ४० करोड ४९ लाख रुपैयाँको रेटिङ गराएको हो ।

Skip This