विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध देखिएको छः उपेन्द्र यादव

133
Shares

नेपालगन्ज । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विचौलियाको अन्त्य गर्न सरकार कटिबद्ध रहेकोमा खुसी व्यक्त गरेका छन्।

अवधि पत्रकार संघ केन्द्रीय समितिले आज नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले शिक्षा, स्वास्थ्यलगायतका आधारभूत आवश्यकतामा जनताको पहुँच अझैसम्म सहजरुपले पुग्न नसकेको भनी त्यसतर्फ ध्यान दिन सरकारसँग अनुरोध गरे । 

अध्यक्ष यादवले गरिबी र बेरोजगारी चरम सीमामा पुगेको अवस्थामा ‘जेनजी’ले उठाएका परिवर्तनका मुद्दामा पुराना राजनीतिक दलको ध्यान जानुपर्ने बताए।

Skip This