
काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले आगामी दशकलाई डिजिटल अर्थतन्त्रमा श्रमिकको संरक्षण, सुरक्षित तथा मर्यादित आप्रवासन र श्रमिक अधिकारको सुनिश्चिततालाई प्राथमिकतामा राखेको बताएका छन् ।
मन्त्री यादवले ११४ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा नेपालले आगामी दशकलाई आन्तरिक रोजगारी प्रवर्द्धनको दशकका रूपमा अघि बढाउने बताए ।
डिजिटल तथा गिग अर्थतन्त्रमा कार्यरत श्रमिकको हकहितका लागि स्पष्ट सम्झौता, व्यावसायिक सुरक्षा, एल्गोरिद्मिक निष्पक्षता र डेटा गोपनीयता आवश्यक रहेको मन्त्री यादवको भनाइ छ ।
नेपाल सरकारले पहिलोपटक एकीकृत राष्ट्रिय ‘केयर इकोनोमी’ नीति निर्माण गरिरहेको र जबरजस्ती श्रमसम्बन्धी प्रोटोकल अनुमोदनका लागि संसद्मा पेश भएको उनले बताए ।











प्रतिक्रिया