
काठमाडौं । लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सीएनआई) को २३औँ वार्षिक साधारण सभामा ‘भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योग’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको छ ।
उक्त सम्मान सिएनआईका सदस्य उद्योगहरूमध्ये भारततर्फ सर्वाधिक निकासी गर्ने उद्योगका रूपमा लिटमस इन्डस्ट्रिज लिमिटेडलाई प्रदान गरिएको हो ।
यो उपलब्धिले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टताप्रति लिटमसको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ । नेपालको औद्योगिक क्षमतालाई थप सुदृढ बनाउँदै, निर्यातको दायरा विस्तार गर्दै तथा राष्ट्रिय अर्थतन्त्रको विकासमा योगदान पुर्याउने लिटमसको प्रयासलाई यस सम्मानले थप पुष्टि गरेको उद्योगले जनाएको छ ।
लिटमस इन्डस्ट्रिज लिमिटेड नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो । साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा यसले विशिष्ट पहिचान स्थापित गरेको छ ।
गुणस्तर, नवप्रवर्तन तथा विश्वस्तरीय उत्पादन मापदण्डप्रतिको प्रतिबद्धताका साथ लिटमसले नेपालको औद्योगिक विकासलाई सशक्त बनाउँदै क्षेत्रीय बजारमा नेपाली उत्पादनको प्रतिस्पर्धात्मक उपस्थितिलाई थप मजबुत बनाएको कम्पनीको भनाइ छ ।
कम्पनीका उत्पादनहरूले देशभित्रका महत्वपूर्ण पूर्वाधार तथा ऊर्जा परियोजनाहरूको आवश्यकता पूरा गर्नुका साथै नेपालको औद्योगिक निर्यात पोर्टफोलियोमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।
निर्यात उपलब्धिभन्दा पर लिटमस इन्डस्ट्रिजले नेपालको समग्र औद्योगिक विकासमा पनि उल्लेखनीय भूमिका निर्वाह गर्दै आएको छ । कम्पनीले प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना गरेको छ, आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्याएको छ तथा आपूर्ति शृंखलाभित्र रहेका सहायक उद्योगहरूको विकासमा समेत टेवा पुर्याएको छ ।
उत्पादन क्षमता विस्तार, अत्याधुनिक प्रविधिको उपयोग तथा दक्ष जनशक्ति विकासमा गरिएको निरन्तर लगानीमार्फत कम्पनीले नेपालको दीर्घकालीन आर्थिक समृद्धिमा योगदान गर्दै आएको छ ।
यस अवसरमा लिटमस इन्डस्ट्रिजका मुख्य सञ्चालन अधिकृत (सीओओ) प्रकाश काफ्लेले भने,‘नेपाल उद्योग परिसंघद्वारा प्राप्त यो सम्मान गुणस्तर, नवप्रवर्तन तथा उत्कृष्टताप्रतिको हाम्रो प्रतिबद्धताको महत्वपूर्ण कदर हो । यो उपलब्धि लिटमस परिवारका सम्पूर्ण सदस्यहरूको अथक मेहनत, समर्पण र प्रतिबद्धताको परिणाम हो । यस सम्मानका लागि हामी नेपाल उद्योग परिसंघप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।’
लिटमस इन्डस्ट्रिज नेपालको सबैभन्दा ठूलो तार, केबल तथा कन्डक्टर उत्पादक उद्योग हो । साथै, नेपालमा एल्युमिनियम तथा एल्युमिनियम अलोय (एएल) रड उत्पादन गर्ने एकमात्र उद्योगका रूपमा परिचित लिटमसले गुणस्तर, नवप्रवर्तन तथा उत्पादन उत्कृष्टतालाई केन्द्रमा राखेर आफ्ना उत्पादनहरू बजारमा उपलब्ध गराउँदै आएको छ । कम्पनीले ऊर्जा, पूर्वाधार, निर्माण तथा औद्योगिक क्षेत्रका लागि आवश्यक उत्पादनहरू आपूर्ति गर्नुका साथै क्षेत्रीय बजारमा निर्यातमार्फत नेपालको व्यापार तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।











प्रतिक्रिया