
काठमाडौं । यती एयरलायन्सले प्राथमिक सार्वजनिक निष्काशन (आइपीओ) निष्काशनका लागि एनआइएमबी एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
धितोपत्र निष्काशन सम्बन्धी उक्त सम्झौतापत्रमा यती एयरलायन्सका प्रमुख वित्त अधिकृत अनुप आचार्य र निष्काशन तथा बिक्री प्रबन्धकका नायब प्रमुख कार्यकारी अधिकृत सचिन्द्र ढुङ्गानाले हस्ताक्षर गरेका छन् ।
आन्तरिक हवाई सेवा प्रदान गदै आइरहेको यति एयरलाइन्स नेपालका अग्रणी निजी हवाई सेवा प्रदायकहरुमध्ये एक हो ।
कम्पनीले उच्च सुरक्षा मापदण्ड, विश्वसनीय सञ्चालन तथा गुणस्तरीय सेवामा विशेष जोड दिँदै देशका प्रमुख शहरी तथा दुर्गम गन्तव्यहरुमा नियमित उडान सञ्चालन गर्दै आएको छ ।
साथै, नेपालको हवाई पहुँच विस्तार तथा क्षेत्रीय कनेक्टिभिटी सुदृढ गर्न कम्पनीले महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।











प्रतिक्रिया