तमिलनाडुमा विजय बने मुख्यमन्त्री, लिए पद तथा गोपनीयताको शपथ

133
Shares

एजेन्सी । भारतको तमिलनाडु राज्यमा टीभीके पार्टीका प्रमुख चन्द्रशेखर जोसेफ विजयले आइतबार मुख्यमन्त्रीको रूपमा शपथ ग्रहण गरेका छन् ।

गभर्नर राजेन्द्र विश्वनाथ अर्लेकर समक्ष बहुमत साबित गर्न धेरै दिनको संघर्षपछि उनले शपथ लिएका हुन् ।

उनले चेन्नईको जवाहरलाल नेहरू स्टेडियममा शपथ लिए । गभर्नरले अभिनेताबाट राजनीतिकर्मी बनेका विजयलाई मे १३ वा सोभन्दा अगाडि विधानसभामा विश्वासको मत लिन निर्देशन दिएका छन् ।

विजयको पार्टी टीभीकेले तामिलनाडुको चुनावमा तहल्का मच्चाउँदै राज्यको राजनीतिमा ५० वर्षदेखि वर्चस्व जमाउँदै आएका द्रविड मुन्नेत्र कझगम र अल इन्डिया अन्ना द्रविड मुन्नेत्र कझगम जस्ता परम्परागत शक्तिहरूलाई धराशायी बनाइदियो ।

विजयले एमके स्टालिनको उत्तराधिकारीको रूपमा तामिलनाडुको मुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका हुन् ।

विदुथलाई चिरुथैगल काची र इन्डियन युनियन मुस्लिम लिगले शनिबार टीभीकेलाई विनाशर्त समर्थन दिएपछि २३४ सदस्यीय विधानसभामा विजयलाई आवश्यक ११८ सिटको बहुमतको आँकडा पुर्याउन मद्दत मिल्यो । कांग्रेस, सीपीआई र सीपीएमले यसअघि नै टीभीकेलाई समर्थन गरिसकेका थिए ।

त्यसले गर्दा शुक्रबार रातिसम्म उसको संख्या १०७ बाट बढेर ११६ पुगेको थियो। भिसीके र आईयूएमएल पनि सामेल भएसँगै यो संख्या १२० पुग्यो ।

Skip This