भन्सार विभागले एनएसडब्ल्यु मार्फत कार्यान्वयनमा ल्यायो टीआईभी घोषणा प्रणाली

140
Shares

काठमाडौं । भन्सार विभागले भन्सार प्रक्रियालाई थप आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले ‘नेपाल राष्ट्रिय एकद्वार प्रणाली’ (एनएसडब्ल्यु) पोर्टल मार्फत टिआईभी घोषणा गर्ने नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

विभागको सूचना प्रविधि प्रणाली समन्वय तथा विकास शाखाले एक परिपत्र जारी गर्दै विभागको गत वैशाख १७ गतेको निर्णय अनुसार यो नयाँ पोर्टल सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । यस व्यवस्थासँगै अब सेवाग्राहीले टिआईभी सम्बन्धी घोषणाहरू अनलाइन पोर्टल मार्फत नै गर्न सक्नेछन् ।

नयाँ प्रणालीमा भुक्तानी प्रक्रियालाई सरल बनाउन म्यानुअल र ई-पेमेन्ट दुवै विकल्पहरू उपलब्ध गराइएको छ । विभागले देशभरका सबै भन्सार कार्यालयहरू र तोकिएका मातहतका कार्यालयहरूलाई अबदेखि टिआईभी सम्बन्धी नियमित कार्यहरू अनिवार्य रूपमा एनएनएसडब्लु पोर्टल प्रयोग गरेरै सञ्चालन गर्न निर्देशन दिएको छ ।

यसबाट भन्सार जाँचपासमा पारदर्शिता बढ्ने र सेवाग्राहीको समय बचत हुने अपेक्षा गरिएको छ ।

सेवाग्राहीले यो सुविधा भन्सार विभागको आधिकारिक वेबसाइटमा रहेको लिंकमा गएर लगइन गरेर वा विभागले उपलब्ध गराएको क्यूआर कोड स्क्यान गरेर प्रयोग गर्न सक्नेछन् ।

Skip This