सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज: महासचिव गुरुङ



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले सहकारी प्रणालीमा देखापरेको समस्या वित्तीय एकाधिकार पुँजीवादको उपज भएको बताएका छन् ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

सहकारीका समस्या समाधान गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधा गर्न जरुरी रहेको बताए ।

सानातिना सुधारले मात्रै सहकारी समस्या समाधान हुन नसक्ने बताए । उनले सहकारीका समस्या समाधानका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक रहेको उल्लेख गरे ।

वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरुलाई उत्पादनमुखी बनाउन जरुरी रहेको उनले बताए ।

औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने ? कृषि उत्पादनमा कसरी लैजाने ? भन्नेबारेमा सोच्न जरुरी रहेको बताए ।

महासचिव गुरुङले आर्थिक र सामाजिक प्रक्रियामा मौलिक रुपले रुपान्तरण गर्न आवश्यक रहेको बताए ।


क्लिकमान्डु