एकीकृत समाजवादीको अध्यक्षमा नेपाल, सम्मानित नेतामा खनाल र महासचिवमा भुसाल सर्वसम्मत



काठमाडौं । नेकपा एकीकृत समाजवादीको अध्यक्षमा माधव नेपाल सर्वसम्मत चयन भएका छन् ।

काठमाडौंमा जारी महाधिवेशनबाट अध्यक्षमा नेपालसहित सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा धनश्याम भुसाल सर्वसम्मत भएका छन् ।

कमलादीस्थित प्रज्ञा भवनमा जारी निर्वाचन कार्यक्रमका क्रममा तीन जना सर्वसम्मत भएको घोषणा गरिएको हो ।


क्लिकमान्डु