रास्वपाका मन्त्रीले आज राजीनामा दिँदै



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सरकारबाट राजीनामा दिने भएको छ । सरकारमा सहभागी रास्वपाका मन्त्रीले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर मन्त्री पदबाट राजीनामा दिने भएका हुन् ।

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले राजीनामा दिने निर्णय गरेको थियो । सोही बैठकले नयाँ सरकारमा सहभागी नहुने निर्णय पनि गरेको छ ।

सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

नेकपा एमालेले बुधबार सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा रहेका मन्त्रीले राजीनामा दिएका हुन् । मन्त्रीहरुले राजीनामा दिएसँगै प्रचण्ड अल्पमतमा परेका छन् ।


क्लिकमान्डु