पशुपतिको भेटी चोर्ने ५ जनालाई थुनामा पठाउन अदालतको आदेश



काठमाडौं । पशुपतिनाथ मन्दिरको भेटी चोरी प्रकरणमा पाँच जनालाई अदालतले थुनामा पठाएको छ ।

जिल्ला अदालत काठमाडौंले पाँचजना प्रतिवादीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ भने अर्का एक जनालाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको छ ।

भेटी चोरीमा संलग्न पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी, मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियारलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ भने प्रतिवादी सत्यनारायण जोशीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरेर मुद्दा दायर गरेको छ।

भेटी चोर्ने समूहलाई पाँच वर्षदेखि दश वर्षसम्म कैद र पचास हजार देखि १ लाख रूपैयाँसम्म जरिवानाको माग दाबी गरिएको छ ।


क्लिकमान्डु