एमालेको सदस्यता नवीकरण गरेपछि विद्या भण्डारीले पूर्वराष्ट्रपतिको सुविधा पाइरहने कि नपाउने ?



काठमाडौं । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले पूर्वराष्ट्रपतिले कुनैपनि पार्टीको सदस्यता नवीकरण गरेपछि पूर्वराष्ट्रपतिको हैसियतमा सुविधान लिइरहन मिल्छ वा मिल्दैन भन्ने प्रश्नको जवाफ मागेका छन् । खतिवडाले प्रतिनिधिसभाको वैठकमा यसको जवाफ सरकारसँग मागेकी हुन् ।

बुधवारको प्रतिनिधि सभा बैठकमा शुन्य समयमा बोल्दै उनले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सदस्यता नवीकरण गरेको समाचारप्रति इंगित गर्दै पार्टी सदस्यता नवीकरणपछि पनि पूर्वराष्ट्रपतिको हैसियतमा सेवा सुविधान लिन मिल्छ वा मिल्दैन भन्नेबारे सरकारको जवाफ माग गरे ।

उनले भने, ‘राज्यले सोबारेमा के सोचेको छ ? संविधानतः पार्टी सदस्यता नवीकरण गर्न पाइन्छ की पाइँदैन भन्नेबारेमा सरकारले संसदलाई जवाफ दिनुपर्छ ।’

यसअघि मंगलबार नेकपा एमालेका संगठन विभाग सचिव माधव ढुंगेलले पूर्वराष्ट्रपति भण्डारीले नेकपा एमालेको पार्टी सदस्यता नवीकरण नगरेको दाबी गरेका छन् ।

पार्टी सदस्यता नवीकरण गर्ने विषय लुकेर गर्ने विषय नभएको ढुंगेलको भनाइ छ ।


क्लिकमान्डु