सहकारी ठगी प्रकरण: गृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दा हेर्न नमिल्ने सूचीमा



काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलनका विषयमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर रिट हेर्न नमिल्ने सूचीमा परेको छ ।

मंगलबार न्यायाधीशहरु डा मनोजकुमार शर्मा र विनोद शर्माको इजलासमा परेको रिटको सुनुवाइ हेर्न नमिल्ने सूचीमा परेको हो।

यसअघि जेठ २० गते सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले कास्की प्रहरीमा परेको पूरक जाहेरीको प्रमाणित प्रतिलिपी झिकाउन आदेश दिएको थियो ।

त्यस्तै इजलासले कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि महान्याधिवक्ताको कार्यालयलाई छलफलमा बोलाउन आदेश दिएको थियो ।

सहकारीको रकम अपचलनको आरोप लागेका गृहमन्त्री लामिछानेलाई महान्यायाधिवक्ता कार्यालयले उनीविरुद्ध कुनै अभियोजन नभएको भन्दै लेखेको पत्रको पनि सर्वोच्चले प्रमाणित प्रतिलिपि झिकाउन आदेश दिएको थियो ।

महान्यायाधिवक्ताको कार्यालयले दिएको उक्त पत्र गैरकानुनी भएको भन्दै अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा रिट दिएका थिए ।


क्लिकमान्डु