धितोपत्र बोर्डको अध्यक्ष छान्ने प्रस्ताव मन्त्रिपरिषद्मा
काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष छनोटका मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले मंगलबारको मन्त्रिपरिषद् बैठकमा बोर्डका अध्यक्ष छान्नका लागि प्रस्ताव लगेका हुन् । बैठक अहिले बसिरहेको छ ।
धितोपत्र बोर्डको ऐन अनुसार अध्यक्ष चयनका लागि मन्त्रिपरिषद्ले समिति गठन गर्नुपर्ने व्यवस्था छ । उक्त समितिमा राष्ट्रिय योजना आयोगको अर्थमन्त्रालय हेर्ने सदस्य, अर्थसचिव र एक जना विज्ञ रहने व्यवस्था छ ।
पुस २० गते रमेश हमालको कार्यकाल सकिएपछि धितोपत्र बोर्ड अध्यक्षविहीन छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले छनोट समिति गठन गरेसँगै नयाँ अध्यक्ष नियुक्तिको प्रक्रिया अघि बढ्ने छ । बोर्डको अध्यक्ष बन्न आधा दर्जनबढी आकांक्षी छन् ।