डेडिकेटेड र ट्रंकलाइन विवाद: उद्योगीको पत्रकार सम्मेलन (LIVE)
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन प्रभावित उद्योगीहरूले पत्रकार सम्मेलन आयोजना गरेका छन् ।
नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवं ट्रंक लाइनबाट विद्युत उपभोग गरेको तर त्यसबापतको प्रिमियमसहितको महशुल नतिरेको भन्दै २३ उद्योगको बिजुली काटेपछि उद्योगीहरुले पत्रकार सम्मेलन गरिरहेका हुन् ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिहीबार पत्रकार पत्रकारसम्मेलन गर्दै डेडिकेटेड एवं ट्रंक लाइनवापतको बिजुलीको बिल नतिर्ने उद्योगहरुको लाइन काट्ने चेतावनी दिएको भोलिपल्ट थप १४ उद्योगको लाइन काटेका थिए ।
पहिलो चरणमा १ अर्ब रुपैयाँभन्दा बढी बक्यौता रहेका ४ वटा उद्योग र त्यसपछि ५ गरी ९ वटा उद्योगको लाइन काटिएको थियो । शुक्रबार काटिएका १४ उद्योगकोसँगै डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत् आपूर्ति लिएका २३ वटा ग्राहकहरुको लाइन काटिएको छ ।