हिमालयन रिइन्स्योरेन्सको कामु सीईओमा मुकेश कुमार कपुर

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा मुकेश कुमार कपुर नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको असार २ गते बसेको बैठकले कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत मुकेश कुमार कपूरलाई असार २ गतेदेखि लागू हुने गरी कम्पनीको कामु सिइओको जिम्मेवारी दिने निर्णय गरेको हो ।