
काठमाडौं । नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले दुवै मन्त्रीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
गृहमन्त्री बनेका गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट गोरखा–१ बाट र पुन स्वतन्त्र उम्मेदवारका रुपमा म्याग्दीबाट निर्वाचित सांसद हुन् । उनीहरू दुवैजना दोस्रोपल्ट मन्त्री बनेका हुन् ।
गुरुङ यसअघि चैत १३ गते गृहमन्त्री बनेका थिए । सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान भइरहेका व्यवसायी दीपक भट्टसँग नाम जोडिएपछि विवादमा आएपछि गुरुङले वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए ।
छानविनलाई सहयोग गर्ने भन्दै राजीनामा दिएको र सरकारले बनाइएको छानविन समितिबाट क्लिन चिट पाएपछि गुरुङ पुन मन्त्री बनेका हुन् ।
महावीर भने जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री थिए । वालेन्द्र शाह नेतृत्वको सरकारले विज्ञान प्रविधि तथा नवप्रर्तन मन्त्रालय गठन गरेपछि पुन मन्त्री बनेका हुन् ।











प्रतिक्रिया