अनधिकृत रुपमा करका दर हेरफेर गरेको भन्दै राप्रपाले माग्यो अर्थमन्त्रीको राजीनामा

77
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ ।

संसदमा दर्ता भइसकेको आर्थिक विधेयकमा अनधिकृत रूपमा करका दर र पानाहरू हेरफेर गरेको आरोप लगाउँदै राप्रपाले यस्तो माग गरेको हो ।

राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले यस प्रकरणबारे निष्पक्ष छानबिन हुनुपर्ने र छानबिन प्रक्रियालाई सहज बनाउन अर्थमन्त्रीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने माग गरिन् ।

अर्थमन्त्रीले जेठ १५ गते संसदमा पेस गरिएको आर्थिक विधेयकमा ४६४ पृष्ठ रहे पनि अर्थ मन्त्रालयको वेबसाइटमा राखिएको नयाँ संस्करणमा १६ पृष्ठ हटाएर ४४८ पृष्ठ मात्र कायम गरिएको छ ।

संसदीय प्रक्रियाअनुसार दर्ता भइसकेको विधेयकमा कुनै पनि संशोधन गर्न संसदको अनिवार्य स्वीकृति आवश्यक पर्छ । तर, मन्त्रालयले स्वैच्छाचारी ढंगले करका प्रावधान नै फरक पर्ने गरी विधेयक हेरफेर गरेपछि सरकारको चर्को आलोचना भइरहेको छ ।

Skip This