
काठमाडौं । लेखक अर्पण पौडेलद्वारा लिखित नयाँ उत्प्रेरणात्मक पुस्तक ‘श्री अभ्यास’ बजारमा सार्वजनिक भएको छ।
प्राज्ञिक विद्यार्थी परिषद, नेपालको स्नेह मिलन कार्यक्रम मार्फत पुस्तक सार्वजनिक गरेको हो ।
हिन्दु पौराणिक दर्शन र आधुनिक जीवनशैलीको अनुपम संगम समेटिएको यस पुस्तकले पाठकहरूमा सकारात्मक परिवर्तन र विजयी विशेषताहरू विकास गर्ने उद्देश्य राखेको छ।
लेखक पौडेलले पुस्तकलाई अध्ययन, अनुशरण, र अभ्यास गरी तीन व्यावहारिक चरणमा वर्गीकरण गर्दै सनातन धर्मशास्त्रका कालजयी शिक्षाहरूलाई सरल रूपमा प्रस्तुत गरेका छन् ।
संकल्प, निष्काम कर्म, धैर्य, र नेतृत्व आदि जस्ता विषय समावेश गरिएको शिखा बुक्सको यो नयाँ प्रस्तुति पुस्तक घर लगायत देशभरका प्रमुख पुस्तक पसलहरूमा उपलब्ध छ।











प्रतिक्रिया