
काठमाडौं । वालेन्द्र शाह नेतृत्वको सरकारको गृहमन्त्रीमा सुधन गुरुङ फर्कने भएका छन् ।
पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण आज बसेको मन्त्रिपरिषद्ले निर्णय गरेसँगै गुरुङ पुन गृहमन्त्रालयमा फर्कन लागेका हुन् ।
उनको आजै दिउँसो २ बजे शपथको तयारी भएको स्रोतले जानकारी दियो ।
मन्त्री बनेपछि सार्वजनिक भएको सम्पत्ति विवरणबारे गुरुङमाथि प्रश्न उठेको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धानमा तानिएका व्यवसायी दीपक भट्टसँग व्यावसायिक साझेदारी रहेको विवरण सार्वजनिक भएपछि गृहमन्त्री गुरुङमाथि पनि प्रश्न उठेको थियो ।
त्यसपछि गृहमन्त्रीबाट बैशाख ९ गते राजीनामा दिएका गुरुङमाथि छानबिन गर्न सरकारले समिति बनाएको थियो ।
छानबिन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।
शपथका लागि राष्ट्रपति कार्यालयमा पत्राचार भइसकेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।











प्रतिक्रिया