सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन ग्रहण गर्नेसहित यी हुन् सरकारका ४ निर्णय

1.9k
Shares

काठमाडौं । सरकारले पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले योसहित ४ वटा निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

यी हुन् सरकारका निर्णय

तल्लो अरुण जलविद्युत आयोजना, लोवर न्यादी खोला जलविद्युत आयोजना, घुन्सा खोला जलविद्युत आयोजना र सिम्बोतादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने ।

सामान्य प्रशासन मन्त्रालयबाट रहेको छ । निजामती सेवा १६ औं संशोधन नियमावली २०८३ स्वीकृत गर्ने ।

विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको ९ सदस्यीय तदर्थ समिति गठन गर्ने ।

पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य सुधन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेस गरेको प्रतिवेदन ग्रहण गर्ने ।

Skip This