सुनचाँदीको भाउ बढ्यो, कतिमा हुँदैछ कारोबार ?

819
Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । 

मंगलबार सुनको मूल्य प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबारको तुलनामा मंगलबार प्रतितोला २ हजार रुपैयाँले सुनको मूल्य बढेको हो । सोमबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ९ सय रुपैयाँ कायम थियो । 

मंगलबार चाँदीको मूल्य २० रुपैयाँले बढेर प्रतितोला ४ हजार ९ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ५ रुपैयाँ कायम थियो ।

Skip This