साढे ५१ करोड रुपैयाँ लगानीमा भाइटल प्रो आयल उद्योग निर्माण हुँदै

70
Shares

काठमाडौं । बारा जिल्लाको पर्सौनीमा साढे ५१ करोड रुपैयाँ लगानीमा भाइटल प्रो आयल उद्योग निर्माण हुने भएको छ ।

कम्पनीले सन् २०२५ को सेप्टेम्बरमा उद्योग दर्ता गरेर निर्माण अगाडि बढाएको हो । कम्पनीले विभिन्न प्रकारका कच्चा तेल प्रशोधन गरी तेल उत्पादन गर्नेछ ।

कम्पनीले उद्योग निर्माण गर्न इक्विटी र ऋणको लगानी अनुपात ७५ः२५ राखेको छ । जसमा कम्पनीले कर्जा लिई ३८ करोड रुपैयाँ र इक्विटीमार्फत् १२ करोड ९० लाख रुपैयाँ लगानी गर्नेछ । हालसम्ममा लगानीकर्ताले ३ करोड रुपैयाँ लगानी गरिसकेको छ ।

कम्पनीले दैनिक २ सय टन प्रशोधन क्षमतामा उद्योग निर्माण गर्ने जनाएको छ । कम्पनीले भटमासको तेल, सनफ्‌लावर तेल र तोरी तेल प्रशोधन गर्ने जनाएको छ ।

धिरजकुमार गुप्ताले नेतृत्व गरिरहेका कम्पनीले दीर्घकालीन कर्जा तथा अल्पकालीन कर्जाका लागि १ अर्ब १० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४० करोड रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७० करोड रुपैयाँको रेटिङ गराएको छ ।

Skip This