रविविरुद्धको मुद्दाको अभियोगपत्रमा के छ ? (पूर्णपाठ)

काठमाडौं । पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा पुरक अभियोगत्रप दर्ता भएको छ । जिल्ला सरकारी वकिलले दर्ता गरेको ४२७ पृष्ठ लामो अभियोग पत्रमा सहकारी ठगी, संगठित अपारध र सम्पत्ति शुद्धीकरणको कसुर लगाइएको छ । लामिछानेसँग सहकारी ठगी र सम्पत्ति शुद्धीकरणमा गरी कूल ३० करोड ७१ लाखभन्दा बढी बिगो दाबी भएको छ।