रास्वपा बैठक बस्दै, मुकुलमाथि कारबाही होला ?



काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा मंगलबार बिहान ८ बजे बस्ने बैठकमा निलम्बित महामन्त्री डा. मुकुल ढकालमाथिको अनुशासनको कारबाहीबारे छलफल हुने छ ।

पार्टीको अनुशासन आयोगले डा. ढकालमाथिको अनुशासनात्मक कारबाही बारेको प्रतिवेदन पार्टी सभापति रवि लामिछानेलाई बुझाइसकेको छ ।

समीक्षा यात्रापछिको प्रतिवेदन पार्टी नेताहरुले अध्ययन गर्नुअघि नै मिडियामा विवरणहरु दिएकोबारे गत असार १४ गते पार्टीको अनुशासन आयोगले डा. ढकाललाई सात दिने स्पष्टीकरण सोधेको थियो । त्यो स्पष्टीकरणको जवाफ ढकालले पार्टी कार्यालयमा दिएका थिए ।

असार १९ गते बसेको केन्द्रीय समितिको बैठकको प्रत्यक्ष प्रसारण नगरेको भन्दै मुखमा काटो टेप लगाए बैठकमा बसेका उनलाई पार्टी महामन्त्रीबाट सात दिनका लागि निलम्बन गरेको थियो ।

आजको बैठकले उनीमाथि कस्तो कारबाही गर्ने वा कारबाही नगर्ने भन्ने विषयमा निर्णय गर्ने छ ।

अधिकांश केन्द्रीय नेताहरु ढकाललाई कारबाही गर्नुपर्ने पक्षमा छन् ।


क्लिकमान्डु