आर्थिक वर्ष सकिन लाग्दासमेत अर्बौंको भुक्तानी नपाएपछि निर्माण व्यवसायी असन्तुष्ट, पत्रकार सम्मेलन गर्दै



काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दा समेत निर्माण व्यवसायीको अर्बौंको भुक्तानी रोकिएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघ असन्तुष्ट भएका छन्।

महासंघले आर्थिक वर्ष सकिन लाग्दासमेत सरकारले काम सकिएको आयोजानाको भुक्तानी नदिएको, आयोजनालाई अधुरै छोड्न रकमान्तर नगरिदिएको, सरकारले निर्माण व्यवसायीलाई समन्वय नगरेकोसहितको विषयमा असन्तुष्टि व्यक्त गर्न महासंघले शुक्रबार पत्रकार सम्मेलन गर्दै छ ।

महासंघले चालु आर्थिक वर्ष २०८०/८१ सकिनै लाग्दासमेत सरकारले निर्माण व्यवसायीको पैसा रोकेर विकास निर्माणमा अवरोध गरेको महासंघका अध्यक्ष रवि सिंहले बताए ।

उनले भने ‘वर्षाको समय लागेकोले १३ देखि १४ अर्ब रुपैयाँ नदिँदा सयौं सडक आयोजना अलपत्र परेका छन् ।’ सरकारले बेलैमा भुक्तानी नदिँदा भएको समस्या र निर्माण व्यवसायीलाई परेको असहजताको विषयमा खरबरदारी गर्न पत्रकार सम्मेलन आयोजना गर्न लागिएको पनि सिंहले बताए ।

सरकारले गत वर्षदेखिकै भुक्तानी नगरेको महासंघको भनाइ छ । यो वर्षको करिब ६० अर्ब र गत वर्षको ४० अर्ब गरेर एक अर्बको हाराहारीमा निर्माण व्यवसायीले पैसा पाउँन बाँकी रहेको महासंघको दाबी छ ।


क्लिकमान्डु