सांसदहरुलाई श्रममन्त्रीको आग्रहः मन्त्रीले गर्ने काममा राजनीति नगरिदिनुस्



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले सांसदहरुलाई मन्त्रीले गर्ने काममा राजनीति नगर्न आग्रह गरेका छन् ।

बिहीवारको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विकासका कुराहरुमा राजनीति नगरिदिए विकासका कुरामा देश धेरै अघि बढ्ने बताए । उनले विकासका कुरा राजनीतिक दल एकछिन बिर्सिन सके मात्रै पनि देश समृद्ध बन्ने नागरिकले सुख पाउने जिकिर गरे ।

उनले सामाजिक सुरक्षा कोषका बारेमा सरकार गम्भीर रहेको बताए । उनले सामाजिक सुरक्षा कोषका बारेमा प्रचार प्रसार गर्न नसकिएको बताए ।

सरकारले आफ्नै कर्मचारीलाई सामाजिक सुरक्षा कोषमा लैजान नसक्ने र निजी क्षेत्रालाई जबरजस्ती गर्नेकुरा सही नभएको बताए ।

उनले यसो भने

कुनै मन्त्रीले गर्ने काममा तपाईं हामीले राजनीति गरिदिनु भएन । विकासका कुराहरुमा राजनीति नगरि दिनुहोला । विकासका कुरामा पार्टीका कुरा हेरिदिनु भएन । त्यतिबेला हामीले पार्टी र राजनीति एकछिन बिर्सिने हो भने देश समृद्ध हुन्छ, नागरिकले सुख पाउँछन् । देश र सरकार छ भन्ने महशुस नागरिकलाई गराउन सक्छौँ । सामाजिक सुरक्षा कोषका बारेमा हामीले धेरैपटक बजेट भन्दा अगाडि पनि अर्थमन्त्री,प्रधानमन्त्रीज्युसँग कुरा गरेका छाँै । अलिकति प्रचार प्रसार गर्न सकिएको छैन । सरकारले आफ्नै कर्मचारीलाई सामजिक सुरक्षा कोष लैजान नसक्ने,निजी क्षेत्रलाई जबरजस्ती तिमीहरु हुुनपर्ने भन्ने छ । यो अलिकति पूरा भएन । त्यसमा सुहाएन । सचिवालयका कर्मचारीहरु आन्दोलनमा हुनुहुन्छ त सचिवालयको कर्मचारीले पनि बाहिर उठेर हुलदंगा गरेपछि मात्रै हामी उहाँहरुका लागि वार्ता समिति बनाउने हो र ? यो संवेदनशील विषय हो । म आफैँ मन्त्री छु, सरकारमा छु, म संवेदनशील छु ।


क्लिकमान्डु