किसानद्वारा डीडीसी महाप्रवन्धक र अध्यक्षको कार्यकक्षमा तालाबन्दी, वार्ता सुरु



काठमाडौं । दुध बिक्री गरेवापत भुक्तानी पाउनुपर्ने माग राख्दै आन्दोलनमा ओर्लेका दुग्ध किसानहरुले दुग्ध विकास संस्थान (डीडीसी) का निमित्त महाप्रवन्धक राजेन्द्र अधिकारी र सञ्चालक समितिका अध्यक्ष वेदबहादुर क्षेत्रीको कार्यकक्षमा तालावन्दी गरेका छन् ।

केन्द्रीय दुग्ध सहकारी संघको अगुवाईमा निमित्त महाप्रवन्धक अधिकारी र अध्यक्ष क्षेत्रीको कार्यकक्षमा किसानहरुले तालावन्दी गरेका हुन । डीडीसीमा करिब २ सयको संख्यामा उपस्थित रहेका किसानहरुले घेराउ गर्दै धर्ना दिइरहेका छन् ।

यसैबीच कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब राजेन्द्रप्रसाद मिश्र र आन्दोलनरत किसानबीच वार्ता पनि सुरु भएको छ । बुधबार साँझ कृषि मन्त्री ज्वालाकुमारी साह र आन्दोलनकारी किसानबीच वार्ता भएपनि उक्त वार्ता निश्कर्षविहिन भएको थियो ।

डीडीसीले किसानलाई करिब ७ महिनाको २ अर्बभन्दा बढी रकम तिर्न बाँकी छ । निजी क्षेत्रका डेरी उद्योगले भने करिब ४ अर्ब रुपैयाँ भुक्तानी गरेको छैन् ।


क्लिकमान्डु