संसद् भवनमा प्रहरी जवानले आफ्नै निधारमा गोली हानेर आत्महत्या



काठमाडौं । नयाँबानेश्वरस्थित संसद् भवन परिसरमा नेपाल प्रहरीका एक जवानले गोली प्रहार गरेर आत्महत्या गरेका छन् ।

संसद् भवनमा ड्युटीमा खटिएका प्रहरी जवान अजित गोलेको शव आज बिहान ८ बजे शौचालयमा फेला परेको काठमाडौँ प्रहरी प्रमुख वसन्त रजौरेले बताए ।

प्रहरी जवान गोलेले आफ्नो सेवा राइफलबाट निधारमा गोली प्रहार गरेका उनले जानकारी दिए । घटनासम्बन्धी विस्तृत विवरण प्राप्त हुन बाँकी छ ।


क्लिकमान्डु