दक्षिण अफ्रिकाविरुद्ध नेपालले पहिला फिल्डिङ गर्ने



काठमाडौं । नेपालले दक्षिण अफ्रिकाविरुद्ध फिल्डिङ गर्ने भएको छ । टी २० विश्वकप क्रकेट २०२४ अन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले सुरुमा फिल्डिङ गर्ने भएको हो ।

वेस्ट इन्डिजमा शनिवार बिहान हुने खेलका लागि टस जितेर नेपालले फिल्डिङ रोजेको हो । खेल नेपाली समयअनुसार अहिले बिहान ५:१५ बजे सुरु हुँदै छ ।

यसअघि विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग पराजित भएको थियो भने श्रीलङ्कासँगको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा नेपालले १ अङ्क पाएको थियो । दक्षिण अफ्रिका भने हालसम्म समूह चरणका तीनै खेल जित्दै ‘सुपर ८’ मा प्रवेश गरिसकेको छ ।

नेपाललाई भने सुपर ८ मा पुग्न दुबै खेल जित्नै पर्ने दबाब छ ।


क्लिकमान्डु