जनकपुर क्षेत्रको ९ हजार बिगा जमिन अतिक्रमणबारे ‘बिग अपरेशन’ गर्दैछौं: रवि लामिछाने



काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले वृहत्तर जनकपुर क्षेत्रको जग्गा अतिक्रमणको विषयमा अनुसन्धान सुरु गरिएको बताएका छन् ।

शुक्रबार सिंहदरबारमा आफ्नो सय दिनको कामको जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लामिछानेले क्षेत्रको करिब नौ हजार बिगाा जमिन अतिक्रमण भएको विषयलाई लिएर गृह मन्त्रालयले ठूलो छानबिन गरिरहेको जानकारी दिए । उनले सो विषयमा सञ्चार माध्यामलाई आफूले चाँडै विस्तृत जानकारी गराउने उल्लेख गरे ।

उपप्रधानमन्त्री लामिछानेले आफूले सय दिनमा गृह मन्त्रालयको घोषित उद्देश्य अनुसार काम हुनेगरी आधार तयार पारेको बताए ।

उपप्रधानमन्त्री लामिछानेले सरकारले जुनसुकै केसलाई पनि अनुसन्धान गर्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउने समेत दोहोर्‍याए


क्लिकमान्डु