स्वस्थ समाज निमार्ण युवा पुस्ताबाटै सुरु गर्नुपर्छः अध्यक्ष कडरिया
काठमाडौं । स्वस्थ समाज निमार्णको लागि युवापुस्ताबाट शुरुवात गर्नु पर्ने क्यान्सर काउन्सिल नेपालका अध्यक्ष रुद्रलाल कडरियाले बताएका छन् ।
नवलपरासी पश्चिम स्थित महाकवी देवकोटा क्याम्पसमा क्यान्सर काउन्सिल नेपालको आयोजना र सानिमा बैंकको सहकार्यमा संचालित १ दिने जनचेतना तथा अन्तरक्रियात्मक कार्यक्रममा कडरिया स्वास्थ जीवन बिताउन युवा अवस्थाबाटै ध्यान दिनु पर्ने बताए । क्यान्सर, मुटु लगायत नसर्ने रोगहरु रोकथामका लागि सुर्तीजन्य पदार्थ त्याग्नु पर्ने उल्लेख गरे ।
कार्यक्रमका प्रोफेसर डा. महेशराज घिमिरेले सिकिस्त बिरामी भएर अस्पताल जानु भन्दा नियमित कसरत, खानपिनमा ध्यान दिन तथा जाड रक्सी लगायत सुर्तीजन्य पदार्थ त्याग्नु पर्नेमा जोड दिए ।
डा.घिमिरेले नयाँ पुस्ता लागि सुर्तीजन्य पदार्थबाट टाढा राख्न विद्यालय तथा कलेज स्तरका विद्यार्थीहरुलाई ध्यान दिनु पर्ने बताए ।
सानिमा बैंकका प्रतिनिधि विष्णु प्रसाद पोख्रेलले बैंकको संस्थागत सामाजिक उदरदायित्व अन्र्तगत विद्यार्थीहरुलाई छात्रवृद्धि दिदै आएको बताए । उनले आगामी दिनमा बैंकले सामाजिक काममा समावेश हुने प्रतिवद्धता जनाए ।