प्रिमियममा ल्याएको हिमालयन रिइन्स्योरेन्सको आईपीओ स्थगन



काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीले निष्कासन गर्न लागेको सेयर स्थगन भएको छ ।

कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई कात्तिक २१ गतेदेखि सेयर निष्कासन गर्न लागेको थियो । त्यो स्थगन भएर मंसिर ४ गतेदेखि निष्कास हुने भएको छ । आईपीओमा मंसिर १८ गतेसम्म आवेदन दिन सकिने छ ।

तिहारको बिदा परेका कारण धेरै बिदा हुने भन्दै लगानीकर्ताको सहजताका लागि आईपीओ निष्कासन स्थगत गरेको जनाएको छ ।

कम्पनीले ३० लाख कित्ता सेयर पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई जारी गर्न लागेको छ ।

कम्पनीले प्रतिकित्ता १ सय अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँ दरमा आईपीओ जारी गर्न लागेको छ । यसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।


क्लिकमान्डु