मध्यरातिदेखि एनआरएनएको भोटिङ सुरु, कसले मार्ला बाजी ?
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ नेतृत्व चयन गर्नका लागि गएको राति १२ बजेदेखि अनलाइन भोटिङ सुरु भएको छ । एनआरएनएको अध्यक्ष पदमा आरके शर्मा, डा बद्री केसी र महेश श्रेष्ठ चुनावी प्रतिस्पर्धामा रहेका छन्।
अध्यक्षमा उम्मेवारी दिएकी रविना थापाले अध्यक्षका उम्मेदवार महेशकुमार श्रेष्ठलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छिन् ।
बुधबार विज्ञप्ति जारी गर्दै थापाले संघलाई एकताबद्ध गर्न आफूले त्यस्तो निर्णय गरेको जनाएकी छिन् । यो सँगै निर्वाचनमा शर्मा, केसी र श्रेष्ठको प्रतिस्पर्धा देखिने भएको छ ।
विदेशमा रहेका नेपालीले राति नै मतदान गरेका छन् भने नेपालमा हुनेले आज मतदान गर्ने कार्यक्रम रहेको छ । निर्वाचनमा कांग्रेस, एमाले र माओवादी कित्ता छुटिएको छ । श्रेष्ठ काँग्रेस, केसी एमाले र शर्मा माओवादी निकट उम्मेदवार हुन् ।