आर्थिकरुपमा नेपाललाई सुदृढ बनाउन आवश्यक: प्रदीप पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले आर्थिक पक्षमा नेपाललाई सुदृढ बनाउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । राजनीतिक स्वतन्त्रता मात्रै नभइ आर्थिक स्वतन्त्रताका लागि नेपालमा थुप्रै काम गर्न जरुरी रहेको उनको भनाइ छ ।

आजको चुनौति भनेको नेपाललाई आर्थिक ढंगबाट कसरी समृद्ध बनाउन सकिन्छ ? भन्ने रहेको उनले बताए । संविधानले गैरआवासीय नेपालीलाई नागरिकता प्रदान गर्ने, सामाजिक,आर्थिक, सांस्कृतिक अधिकारसहितको नागरिकता प्रदान गर्ने सुनश्चितता गरेअनुसार सो कार्यान्वयनका बारेमा पहलकदमी गर्न आवश्यक रहेको बताए ।

नेता पौडेलले नेपालमा आर्थिक लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई आर्थिक लगानी गर्न नीतिगत पक्षका व्यवधान हटाउनुपर्ने बताए ।


क्लिकमान्डु